
मंगलवार , श्रावण ६, २०७७
कतार १२ बैशाख ।
कतारमा रहेका नेपालीहरुको अवस्थाबारे बुझ्न नेपाली दूतावास दोहा कतारले नेपाली नागरिकहरुको तथ्याङ्क संकलन सुरु गरेको छ ।
बिहिवार दूतावासले आफ्नो पेज मार्फत लिंक सार्वजनिक गर्दै कतारमा रहेका नेपालीहरुको तथ्याङक संकलन गर्नका लागि फारम सार्वजनिक गरेको हो ।
कतारमा रहेका नेपाली नागरिकहरुको तथ्याङ्क संकलन फारममा पूरा नामथर, पासपोर्ट नम्बर, कतार आइडी वा भिसा नम्बर, कतार आइडीमा भए अनुसारको पेशा, मोवाइल नम्बर, इमेल, नेपालको ठेगाना, जिल्ला, नगरपालिका÷गाउपालिका र वडा समावेश गर्न भनिएको छ ।
त्यस्तै फारममा कम्पनी वा स्पोन्सरको नाम, सम्पर्क नम्बर उपलब्ध गराउन भनिएको छ । फारममा अहिलेको अवस्थाबारे जानकारी गराउन, भिसा वा कतार आइडीको म्याद सकिएको, कम्पनीमा राजिनामा दिई सकेको, टरमिनेट भएको अवस्था जानकारी गराउन, कम्पनी बन्द भइ रोजगारी गुमेको, कम्पनीले काम कटौती गरेकाले रोजगरी गुमेको, बेतलबीरवार्षिक बिदामा बसेको, नियमित काम गरिरहेको, नेपाल जान टिकट लिइसकेको तर उडान बन्द भएकाले जान नपाएको बारेमा फारममा उल्लेख गर्न आग्रह गरिएको छ ।
त्यस्तै हालको समस्या बारेमा पनि उल्लेख गर्न आग्रह गरिएको छ । खानारआवासको समस्या, तलबसम्बन्धी समस्या वा अन्य समस्या भए समस्याकोविवरणहरु उल्लेख गर्न फारममा उल्लेख छ । दूतावासले जारी गरेको फारममा कोरोना सङ्क्रमणको अवस्थाको बारेमा पनि उल्लेख गरिएको छ ।
फारममा सङ्क्रमित छु र उपचाररत छु, सङ्क्रमण छैन तर क्वारेन्टाइनमा बसेको छु, सङ्क्रमण पछि निको भइ बसेको छु, स्वास्थ्य परीक्षण गरेको छैन, लक्षण देखा परेको छैन लगायतका बिषयबस्तु समेटिएको छ । त्यस्तै नेपाल तुरुन्त जानुपर्ने अवस्थारको योजना भए नभएको, नेपाल तुरुन्त जानुपर्ने कारण उल्लेख गर्न आग्रह गरिएको छ ।
त्यस्तै नेपाल जानको लागि हवाइ टिकटका बिषयमा कम्पनीले उपलब्ध गराउने, आफैले व्यवस्था गर्ने, कम्पनीले दिन सक्ने, नदिएमा आफ्नै खर्चमा जाने, कम्पनीले दिने अवस्था नरहेको र आफूले पनि खर्च जुटाउन नसक्ने लगायतका बिषयहरु फारममा संलग्न रहेका छन् । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको प्रकोपबाट कतारमा रहेर नेपालीहरु कुनै न कुनै रुपमा प्रभावित भएकाले उनीहरुको समस्याहरु बुझ्नका लागि लागत संकल गर्न लागिएको हो ।
फारम मार्फत नेपालीहरुको तथ्याङक संकलन गरेर उनीहरुलाई परेको समस्या समाधान गर्न सहज हुने नेपाली दूतावास दोहा कतारले जनाएको छ । दूतावासले फारममा प्रष्ट र बिस्तृत विवरण भर्न आग्रह गरेको छ भने यहाँ उल्लेख गरिएको विवरणहरु पूर्ण रुपमा गोप्य रहने बताइएको छ । कतारमा करिव ३ लाख ५१ हजार नेपाली कामदारहरु कार्यरत रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij