images
images

आइतवार, जेठ ६ गते २०८१

कोटहीमाई गाउँपालिका : शिक्षा र स्वास्थ्यमा लगानी बढाउँदै

कोटहीमाई गाउँपालिका : शिक्षा र स्वास्थ्यमा लगानी बढाउँदै

images
images
images
बिहिवार, कार्तिक ४ २०७८
बिहिवार, कार्तिक ४ २०७८
  • कोटहीमाई गाउँपालिका : शिक्षा र स्वास्थ्यमा लगानी बढाउँदै

    भैरहवा। रुपन्देहीको पश्चिम दक्षिण क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै आएको छ । शिक्षा र स्वास्थ्यमा तुलानात्मक हिसाबले निकै पछाडि रहेको रुपन्देहीको मर्चवार क्षेत्रलाई अगाडि बढाउनका लागि शिक्षा र स्वास्थ्यमा गाउँपालिकाले लगानी बढाउँदै आएको छ । दक्ष शैक्षिक जनशक्तिको अभावमा मर्चवार क्षेत्र अहिले पनि पछाडि छ । विकासका हिसाबले पनि रुपन्देहीका अन्य क्षेत्र भन्दा निकै पछाडि छ ।

    images
    images
    images

    मर्चवार क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन गर्ने अठोटका साथ गाँउपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले बताए । प्रमुख प्रशासकीय अधिकृत गौडका अनुसार गाउँपालिकाले विनियोजन गरेको बजेटको अनुपातमा शिक्षा र स्वास्थ्यमा बढी मात्रामा बजेट विनियोजन गरिएको छ ।
    आर्थिक वर्ष २०७८/०७९ का लागि ४४ करोड ३४ लाख १२ हजार ५ सय बजेट विनियोजन गरिएकोमध्ये शिक्षामा १ करोड ९२ लाख रुपैयाँ छुट्टाइएको छ । गत आर्थिक वर्षमा शिक्षामा १ करोड ६० लाख रुपमा छुट्टाइएको थियो ।

    पालिकाले शिक्षा क्षेत्रको विकासका लागि शिक्षक भर्नादेखि लिएर विद्यालयको पूर्वाधार विकास र फर्निचर्समा समेत अनुदान दिएको छ । कोटहीमाई गाउँपालिकाभित्रका विद्यालयलाई अपुग भएका शिक्षक पालिकाले व्यवस्था गरी भर्ना गर्ने गरेको छ । पालिकाले प्रा.वि. तहमा २१, नि.मा.वि. तहमा १५ र मा.वि. तहमा ४ गरी ४० जना शिक्षक भर्ना गरिएको अधिकृत गौडले जानकारी दिए । उनले दश जोड २ का लागि २ जना कम्प्युटर शिक्षक र २ जना पुस्तकालय सहायकको व्यवस्था गरिएको बताए । त्यस्तै अंग्रेजी माध्यममा चलेका विद्यालयका लागि पाठ्यपुस्तक खरिदमा अनुदान दिइएको छ । मर्यादपुर मा.वि., बोगडी मा.वि.मा र श्रीराम मा.वि.मा पाठ्यपुस्तक खरिदमा अनुदान दिइएको गाँउपालिकाले जनाएको छ । पालिकाभित्र रहेका १४ सामुदायिक र ८ वटा धार्मिक मदरसालाई विद्यालय र शिक्षा सुधारका लागि सम्बोधन गरेको छ । मन्टेश्वरी तहका ७ बटा विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री सहयोग गरिएको छ ।

    कोटहीमाई गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि लगानी बढाएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्य चौकी निर्माण गर्नेदेखि औषधी उपचार र गुणस्तरीय ल्याबमा लगानी बढाएको छ । पालिकाको वडा नम्बर ३ र ६ मा स्वास्थ्य चौकी निर्माण भइरहेको छ ।

    कोरोना बिरामीको लागि कोरोना अस्थायी अस्पताल निर्माण गरिएको छ । उक्त अस्पतालमा कोरोनाका बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण औषधी उपचार निःशुल्क गरिएको छ । कोरोनाका बिरामीका लागि आवश्यक परेको खण्डमा रेम्डीशिभिर, स्ट्राईडदेखि अक्सिजनसम्मको व्यवस्थापन गरिएको पालिकाले जनाएको छ । ‘कोरोनाबाट संक्रमित भएकै कारण कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले हामीले सम्पुर्ण औषधी उपचारको प्रबन्ध गरेका हौं, अधिकृत गौडले भने, ‘नागरिकको सेवा गर्नु गाँउपालिकाको कर्तव्य हो ।’

    पालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालबाट १० जनाको जटिल खालको उपचार गरिएको बताए । ‘कतिपय बिरामी भैरहवामा बेड नपाएर यहाँ आउनुभयो, हामीले उहाँहरुलाई उपचार गरेर घर पठाएका थियो,’ उनले भने । उपचारका क्रममा कुनै पनि कोभिड बिरामीको मृत्यु नभएको पालिकाले जनाएको छ । 

    कोटहीमाई गाँउपालिका वडा नम्बर ६ स्थित मझगावामा रहेको स्वास्थ्य चौकीमा प्रयोगशालाको राम्रो व्यवस्था छ । जहाँ मेडिकल अफिसर कार्यरत छन् । यहाँ बिरामीले सामान्यदेखि विशेषज्ञ सेवा पाइरहेका छन् ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij