२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए 

बिहिवार , कार्तिक ४, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • जनकपुर, ४ कात्तिक । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहामाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । कुशवाहालाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

    सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहाले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

    यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता  विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ ।