२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण

बुधवार , कार्तिक ३, २०७८

कात्तिक ३, बुधवार ।  अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ ।  यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् ।अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले बताएका छन् ।  

प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका  थिए  । एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो । रासस