images

शनिवार, बैशाख १५ गते २०८१

गृहमन्त्रीको नेतृत्वमा ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता

गृहमन्त्रीको नेतृत्वमा ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता

images
images
images
मंगलवार, कार्तिक २ २०७८
मंगलवार, कार्तिक २ २०७८
  • गृहमन्त्रीको नेतृत्वमा ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता

    काठमाडौं, २ कात्तिक ।
    सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो  ।

    images

    वार्तामा मुख्यगरी दुई विषयमा छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए । सचिव पाण्डेका अनुसार मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिसमेतका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

    यसैगरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउने र बन्दीहरूलाई रिहा गर्न सकिन्छ भन्ने सम्बन्धमा त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने निष्कर्ष निस्किएको उनले जानकारी दिए ।

    वार्तामा सरकारको तर्फबाट गृहमन्त्री खाँणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी थिए । नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

    वार्तापछि नेकपाका प्रवक्ता प्रकाण्डले वार्ता सकारात्मक रूपमा अघि बढेको जानकारी दिए । “वार्ता सकारात्मक रूपमा अघि बढेको छ । यसअघि सरकार र पार्टीको वार्ता टोलीबीच भएको सहमतिलाई टुंग्याउन सरकार र विषेश गरी गृहमन्त्रीले पहल कदमी लिइरहनु भएको छ, त्यो सराहनीय छ,” प्रवक्ता प्रकाण्डले भने ।

    आन्तरिक रूपमा दुवै पक्षले सहमति गरेर अर्को बैठकमा टुंग्याउने गरी वार्ता सम्पन्न भएको बताउँदै उहाँले दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुंगिने आशा व्यक्त गरे ।

    गृहमन्त्री खाँणले आइतबार नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खाती र गृहसचिव पाण्डेसँग छलफल गरेका थिए । सरकार र सो पार्टीबीच २०७७ साल फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।

    विसं २०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सदस्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दीपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

    नेकपाका नेताहरूले वर्तमान सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवुकमार नेपाल, गृहमन्त्री खाँणसहितलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन् । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij