images

शुक्रवार, बैशाख ७ गते २०८१

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

images
images
images
मंगलवार, कार्तिक २ २०७८
मंगलवार, कार्तिक २ २०७८
  • महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

    कञ्चनपुर, २ कात्तिक ।
    महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मंगलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।

    images
    images
    images

    पानीको बहाव उच्च बन्दै गएपछि वर्षौ पुरानो पुलसमेत जोखिममा परेको छ । सन् १९२३  मा निर्माण कार्य प्रारम्भ गरिएको पुल सन् १९२९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको थियो । पुल निर्माणको कार्य सम्पन्न भएपछि नदीको जलस्तर मापनको कार्य हुँदै आएको छ । सारदा ब्यारेजको रेकर्डअनुसार यसअघि सन् २०१३ जनवरी १८ तारिखमा महाकाली नदीको पानीको जलस्तर पाँच लाख ४४ हजार क्यूसेक पुगेको थियो ।
    सन् १९३५ अगस्ट ३१ मा नदीको जलस्तर पाँच लाख २२ हजार क्यूसेक पुगेको थियो । त्यसपछि सन् २००८ मा चार लाख ६१ हजार ७८८ क्यूसेक पुगेको थियो । पानीको बहाव बढेसँगै सुरक्षा निकायले तटीय क्षेत्रका बस्तीका बासिन्दालाई उद्धार गरी सुरक्षित क्षेत्रमा राख्ने कार्य गरिरहेका छन् । 

    नदीको पानी भीमदत्त नगरपालिकाको भुजेला, ऐरी, ओदाली, ऐरी, ब्रम्हदेव र दोधारा चाँदनी क्षेत्रका बस्तीमा पसेको छ । गएरातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेका छन् । बन्दै गरेको पुल जोडने पहुँच मार्ग भत्काउने क्रम जारी राखेको छ । मार्ग भत्कीएमा तटीय क्षेत्रका पूरै बस्ती जलमग्न भई क्षति हुने सम्भावना बढेको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij