images

बिहिवार, बैशाख १३ गते २०८१

स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले

स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले

images
images
images
सोमवार, कार्तिक १ २०७८
सोमवार, कार्तिक १ २०७८
  • स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले

    काठमाडौं, १ कात्तिक ।
    आगामी मंसिर १० देखि १२ गतेसम्म १० औं राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरीका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । 

    images

    एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी संख्या निर्धारण गरेको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भई चाँडै तल्ला कमिटीमा पठाइने र सोहीबमोजिम अधिवेशन हुने बताए ।

    एमालेको यही कात्तिक ६ गते देशैभरीका छ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ/नगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।

    एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । सो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्य समेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । एमालेले आन्तरिक एकताका लागि भएको सहमतिबमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij