images

शुक्रवार, चैत्र १६ गते २०८०

जनभावनाअनुसार काम गर्नेछु : मन्त्री झाँक्री

जनभावनाअनुसार काम गर्नेछु : मन्त्री झाँक्री

images
images
images
सोमवार, कार्तिक १ २०७८
सोमवार, कार्तिक १ २०७८
  • जनभावनाअनुसार काम गर्नेछु : मन्त्री झाँक्री

    रामपुर (पाल्पा), १ कात्तिक ।
    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताएकी छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहना अनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताए । 

    images
    images
    images

    वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्ने उनको भनाइ थियो । अध्यायदेशबाट आएको बजेटलाई नै परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याएको उल्लेख गर्दै मन्त्री झाँक्रीले स्थानीय सरकारसँग समन्वय गरेर मन्त्रालयको कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाइन् ।

    नेकपा (एकीकृत समाजवादी) की नेतृ समेत रहेकी मन्त्री झाँक्रीले युवाहरुको सहभागितामा देशैभरी पार्टी विस्तारको अभियान चलिरहेको जानकारी दिँदै अघि बढ्नकै लागि राजनीतिक गठबन्धन भइहेको र पार्टी–पार्टीबीचको गठबन्धनले निरन्तरता पाइरहने बताइन् ।

    आफू तीन दिन मात्रै मन्त्रालय गएको र मन्त्रालयका विषयमा थप जानकारी लिन नपाएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमाएको बताउँदै आफ्नै बहुमतको सरकार हुँदा समेत ओलीले सुशासन भन्दा कुशासन दिने काम गरेको मन्त्री झाँक्रीले आरोप लगाइन् । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij