२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगरमा ५ हजार जनालाई राहत वितरण गरिदै

मंगलवार , श्रावण ६, २०७७

भैरहवा, १६ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले मजदुरहरुलाई करिब एक महिनासम्म पुग्ने खाद्यान्न सामाग्री वितरण सुरु गरिएको छ । नगरकार्यपालिकाले कार्यविधि नै बनाएर हरेक वडा वडामा उक्त सामाग्री वितरण सुरु गरेको नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए ।
उनले भने, ‘करिब एक महिनासम्म खान पुग्ने गरी परिवार संख्याको आधारमा औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदूर, श्रमजीवि वर्ग र बिहान बेलुका खाना समस्या परेकाहरुलाई खाद्यान्न सहयोग प्रदान गर्न थालेका छौ । ’

नगरप्रमुख अधिकारीले भने, ‘१३ वटै वडाले लकडाउनको कारण खाना समस्या भएकाहरुको लगत संकलन गरी वडास्तरीय निर्णय गरेर पठाएका छन्, त्यसैको आधारमा नगरले खाद्यान्न सहयोग गर्दैछ ।’

नगरप्रमुख अधिकारीका अनुसार नगर भित्र बसोबास गर्ने २ हजार ८ सय ९ जना मजदूर, २ हजार २४ जना भाडामा बस्ने कमजोर आर्थिक अवस्था भएका नागरिक, एक सय जना भारतीय नागरिक गरी जम्मा ४ हजार ९ सय ३३ जनालाई एक महिनासम्म खाना पुग्ने गरी खाद्यान्न सामग्री राहत स्वरुप प्रदान गर्न थालिएको हो । नगरले यस अघि १ हजार ८ सय ७२ जनालाई पहिलो चरणको राहत सहयोग उपलब्ध गराएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीका अनुसार आइतबारदेखि वडा कार्यालय मार्फत मजदूरहरलाई खाद्यान्न उपलब्ध गराउन थालिएको छ । आइतबार, सोमबार र मंगलबार गरेर वडा नम्बर १, ३, ५, र १३ नम्बर वडामा वितरण भइसकेको छ । बाँकी वडामा पनि केही दिनमै वितरण गर्ने गरी तयारी थालिएको छ ।

नगरपालिकाले वडा नम्बर १ मा ५८४, वडा नम्बर २ मा २४९ , वडा नम्बर ५६७, वडा नम्बर ४१५, वडा नम्बर ५ मा १०१, वडा नम्बर ६ मा ५७७, वडा नम्बर ७ मा १७६, वडा नम्बर ८ मा ६३२, वडा नम्बर ९ मा ५०२, वडा नम्बर १० मा २१२, वडा नम्बर ११ मा २०९, वडा नम्बर १२ मा ४०४, वडा नम्बर १३ मा ३०५ जनालाई दोस्रो चरणको खाद्यान्न राहत स्वरुप प्रदान गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए ।

नगरपालिकाले परिवार संख्याको आधारमा खाद्यान्न सहयोग गर्न थालेको हो । नगर उप्रमुख उमा काफ्लेका अनुसार एक जना परिवार संख्या भएको घरधुरीले १० केजी चामल, २ केजी दाल र नुन र साबुन पाउनेछन् । यसै गरी २ देखि ४ जना सम्म परिवार संख्या भएको घरधुरील १५ केजी चामल, ३ केजी दाल, साबुन र नुन पाउनेछन् । त्यसै गरी ५ जना भन्दा बढी परिवार संख्या भएको घरधुरीले ३० केजी चामल ४ केजी दाल, साबुन र नुन पाउनेछन् ।

वडास्तरको बैठक बसेर हरेक वडा वडाको अतिविपन्न मजदूर खासगरी निम्नवर्गिय मानिसहरुको नामावली नगरपालिकामा पठाइएको वडा नम्बर ८ को वडा सदस्य उमेश थापा मगरले बताए