images

शनिवार, बैशाख ८ गते २०८१

रुपन्देहीबाट लागुऔषधसहित चारजना पक्राउ

रुपन्देहीबाट लागुऔषधसहित चारजना पक्राउ

images
images
images
बुधवार, आश्विन २७ २०७८
बुधवार, आश्विन २७ २०७८
  • रुपन्देहीबाट लागुऔषधसहित चारजना पक्राउ

    भैरहवा, २७ असोज ।
    रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षिय सागर पोख्रेल, ललितपुरको गोदावरी नगरपालिका–१ प्रगतिनगरका २० वर्षिय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा गाउँपालिका–९ का ३४ वर्षिय दुर्गा राना र कञ्चन गाउँपालिका–२ का १६ वर्षिय अशोक कुमार लोध रहेका छन् । 

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित योगिकुटी शान्तिकुञ्जमा ग ७ प ६५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पोख्रेल र मोटरसाइकलमा सवार विश्वकर्माले झोलामा बोकेको नुफिन ३७ सि.सी., फेनरागन ३७ सिसी, डाइजेपाम ३७ सिसी फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    त्यस्तै गैडहवा गाउँपालिका–८ स्थित कञ्चनपुरमा लु ३ प ३३९४ नम्बरको मोटरसाइकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक राना र मोटरसाइकलमा सवार लोधको साथबाट नाईट्राभेट ८८ पिस र डाईजापाम ४८ पिस फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए । ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ गरिएका चार जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ४ (6).jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij