
मृतकका परिवारलाई जनही १ लाख प्रदान गर्ने
सोमवार , आश्विन २५, २०७८
भैरहवा। लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले रुपेन्देहीकाे मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या समाधान गर्न कार्यदल बनाउन निर्देशन दिएका छन्।
उनले समस्या समाधान गर्नका लागि सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकाे उनका प्रेस सल्लाहकार मानसिङ बिकले जानकारी दिए। प्रदेश सरकारले मृतकका परिवारलाई जनही १ लाख राहतस्वरुप प्रदान गर्ने निर्णय भएको जानकारी दिए।
सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्य मन्त्री केसीले उक्त निर्देशन दिएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या सामाधान सुझव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीको प्रतिनिधी, नापी कार्यालय रुपेन्देही प्रतिधिनी, औद्योगिक ग्राम रुपेन्देहीको प्रतिनिधी, भूमिहिनकोको प्रतिधिनी लगायतको टोलीले सम्मेलित एक कार्यदल कगठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी प्रदेश सरकारकाबाट मोतिपुर घटनाका मृत्यकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने, सो घटनाका मृत्यकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन्। यसैगरी दुवै पक्षबाट भएका घाइतेहरुको उपचारको जिम्मेवारी राज्यले लिने बताएका छन।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनको लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्नका लागि अनुरोध गर्दै आगामी दिनमा सबैले ध्यान दिनका लागि आग्रह गरे।
बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायको समेतसहभागीता रहेको थियो । सर्बपक्षीय सद्भाव ¥याली प्रर्दशन गर्ने, सम्पूर्ण सूचना तथा सञ्चारका माध्यममा राजनीतिक दलहरुसँगको छलफल लगायतलाई विषयमा छलफल भएका थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij