
शुक्रवार , आश्विन २२, २०७८
भैरहवा, २२ असोज ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर रुपन्देहीले लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बालगृहलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई चामल ५० केजी, तेल २० लिटर, मैदा २० केजी र दाल ५० केजी हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए । ‘आश्रममा रहेका बालबालिकालाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री प्रदान गरेका हौं, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं, ’उनले भने ।
कार्यक्रममा राष्ट्रिय युवा संघ सिद्धार्थनगरका उपाध्यक्ष प्रविन आचार्य, फिरोज धुनिया, सचिव रोशन थापा, कोषाध्यक्ष प्रितम पुन, एमालेका युवा नेता मिलन दर्लामी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij