images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनीमा आज प्रतिस्थापन बजेट आउँदै, यस्तो छ सत्ता पक्षको रणनीति

लुम्बिनीमा आज प्रतिस्थापन बजेट आउँदै, यस्तो छ सत्ता पक्षको रणनीति

images
images
images
बुधवार, आश्विन २० २०७८
बुधवार, आश्विन २० २०७८
  • लुम्बिनीमा आज प्रतिस्थापन बजेट आउँदै, यस्तो छ सत्ता पक्षको रणनीति

    बुटवल । शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिष्थापन गर्नेगरी मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै छ।

    images
    images
    images

    पटक पटक स्थागित भएको प्रदेशसभा बैठकमा आज प्रतिष्थापन बिधेयक मार्फत नयाँ बजेट ल्याउन लागिएको हो। आज दिउसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन्।

    एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो। तत्कालिन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै यसलाई प्रतिष्थापन गर्न यो बजेट ल्याउन लागिएको सरकारले जनाएको छ। ४ दलको गठबन्धनबाट सरकार बनेपछि यो बजेट कार्यान्वयनमा आउन सकेको थिएन्।

    यस्ता हुनेछन बजेटका प्राथमिकता

    अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संसोधन सहित नयाँ कार्यक्रम थपिएर बजेट ल्याउने छन्।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काले नयाँ बजेट संसदबाट पास गर्ने बताए। नयाँ बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु-साँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लगायतका नयाँ कार्यक्रम समेटिने छन्।

    अवरुद्ध पार्ने एमालेको चेतावनी

    लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन बिधेयक मार्फत बजेट ल्याउने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले भने आजको बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएको छ। एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफुहरुका माग पुरा नभएसम्म सदन चल्न नदिने बताएका छन्।

    एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ। यस्तो छ सत्तापक्षको रणनीति नेकपा एमालेको बिरोधकै बिचमा पनि प्रतिस्थापन बिधेयक संसदबाट पारित हुने सत्तापक्षका नेताहरुले बताएका छन्।

    एमालेले गर्दै आएको माग अदालतबाट टुंगीएको र प्रदेशसभा सचिवालयले कारवाही गर्न नमिल्ने भनिसकेकोले आन्दोलनको कुनै औचित्य नरहेको सत्तापक्षका नेताहरुले बताएका छन्। गठबन्धनको सरकारलाई सहयोग गरेपनि जनमोर्चा प्रतिपक्षमै रहेकोले संसदबाट प्रतिस्थापन बिधेयक पास हुने सत्तापक्षका एक नेताले बताए।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij