२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

समाजवादी युवा संघ बुटवलको भेला

मंगलवार , आश्विन १९, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल, १९ असोज । 
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी युवा संघको बुटवलमा सोमबार भएको भेलाले सुरज हितान मगर अध्यक्षतामा  ५१ सदस्य कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा रोनिश श्रेष्ठ, मिना गुरूङ्ग, राजु परियार र सन्देश बुढा मगर रहेका छन् । त्यस्तै संघको सचिवमा भरत पौडेल, सह–सचिवमा गणेश न्यौपाने र कोषाध्यक्षमा अलि हुसेन रहेका छन् । कार्यसमितिको सदस्यहमा आकाश क्षेत्री, सुरज तुलाचन, रोहित आलेमगर, कमल खराल, आश्विन आले मगर, चेतन थापा र लक्की क्षेत्री रहेका छन् । 

    भेलालाई जसपाल लुम्बिनी प्रदेश सह–इञ्चार्ज कमल खनाल, मुख्य सचिव यज्ञ पोखरेल, केन्द्रिय सदस्य पंकज राई, सावित्री वि.क., विमल गिरी लगायतले सम्वोधन गर्दे युवाहरु पार्टीभित्र संरक्षण गर्दे देश विकास काम अगाडि बढाउनु पार्टीको मूख्य दायित्व रहेको बताए । भेलाले एक वर्षभित्र नयाँ कमिटी गठन गर्ने गरी भेला सम्पन्न गरी नेतृत्व प्रदान गरेको पार्टीका केन्द्रीय सदस्य पंकज राईले बताए ।