images

आइतवार, बैशाख २३ गते २०८१

बुटवलको गरिमा सहकारी ११ औं वर्षमा, १ हजार नाघे शेयर सदस्य

बुटवलको गरिमा सहकारी ११ औं वर्षमा, १ हजार नाघे शेयर सदस्य

images
images
images
आइतवार, आश्विन १७ २०७८
आइतवार, आश्विन १७ २०७८
  • बुटवलको गरिमा सहकारी ११ औं वर्षमा, १ हजार नाघे शेयर सदस्य

    बुटवल । ‘समृद्धिको आधार गरिमासंग कारोबार’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बुटवल–९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६७ सालमा बुटवल धागो कारखानामा काम गर्ने २५ जना श्रमिकबाट १ लाख २५ हजार पूजीबाट सुरु भएको सहकारीमा हाल  स्थापनाको ११ वर्षमा आईपुग्दान१ हजार ५ जना सेयर सदस्य संस्थामा आवद्ध छन् भने शेयर पूजी रु  १ करोड, ५९ लाख, २१ हजार ९ सय पुगेको छ । त्यस्तैगरी असार मशान्तसम्म  बचत निक्षेप रु १२ करोड, ८० लाख, २५ हजार ८ सय ६५, ऋण लगानी रु १३ करोड, ५६ लाख, ८८ हजार, ७  सय  २५ पुगेको छ । 

    images
    images
    images

    सहकारीको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष कृष्णप्रसाद देवकोटाले आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक नागेन्द्रराय यादवले आ.व.२०७७/०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कार्यबाहक कोषाध्यक्ष छविलाल अर्यालले आ.व.२०७७/०७८ को आर्थिक प्रतिवेदन तथा २०७८/०७९ को वित्तीय लक्ष्य तथा बजेट प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । 

    सहकारीका संरक्षक तथा बुटवल उपमहानगरपालिका वार्ड नं. ९ का अध्यक्ष विष्णु बहादुर थापाको आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै थापाले सहकारीको विकासका लागि प्रत्येक सदस्यलाई सम्मान, उचित व्यवहार र उत्साहित बनाउनु पर्नेमा जोड दिए । उनले परिवर्तित सन्दर्भमा नेपाल सरकार र सहकारी संस्थाको नियमनलाई अंगालेर संस्थालाई अगाडि बढाउन जोड दिए । 
    राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवल शाखाका प्रमुख तथा प्रशिक्षक नारायण बेल्बासेले बोल्दै सहकारीमा सदस्यको आर्थिक विकासका लागि प्रतिस्पर्धी कार्यक्रम र बचतका नयाँ शिर्षक बनाई त्यसको व्यवस्थित र प्रभावकारितामा जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा संस्थाका पूर्व सञ्चालक लिलाधर पाण्डे, पूर्व लेखासमिति संयोजक लालचन्द श्रेष्ठ, सल्लाहकार डोलराज शर्मालगायतले बोलेका थिए। कार्यक्रममा सहकारीमा आवद्ध ७५ वर्षिय ज्येष्ठ सेयर सदस्य जुनमाया गुरुङ्ग, असल ऋणी मिरा कुमारी बच्छाली, सेयर सदस्य बृद्धिगर्ने सञ्चालक समिति सदस्य विकास श्रेष्ठलगायतलाई नगद, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तैगरी सहकारीले  संस्थापक सदस्य, पूर्व सञ्चालक र सदस्यहरुलाई समेत सम्मान गरेको थियो । 

    सहकारीमा कोषाध्यक्ष र सञ्चालक समिति सदस्य९महिला सदस्य० रहेको रिक्त पदमा बाँकी अवधिको लागि निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । कोषाध्यक्ष पदमा छविलाल अर्याल र सञ्चालक समिति सदस्य (महिला सदस्य) मा कान्तुमाया गुरुङ्ग निर्वाचित भएको निर्वाचन उपसमिति संयोजक माधवराज पाण्डेले बताए । सहकारीका उपाध्यक्ष रञ्जु भट्टराईको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन सचिव पुरुषोत्तम आचार्यले गरेका थिए ।

    कार्यक्रममा सल्लाहकार सुरेन्द्र प्रसाद अधिकारी, कानुनी सल्लाहकार माधवराज पाण्डे, पूर्व सञ्चालक केशव आचार्य, रेनुका पाण्डे, सञ्चालक समिति सदस्यहरु कृष्णप्रसाद अर्याल र उषा भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij