२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

गान्धी जयन्तीमा प्रधानमन्त्री मोदीद्वारा गान्धीप्रति श्रद्धा व्यक्त

शनिवार , आश्विन १६, २०७८

नयाँ दिल्ली, भारत, १६ असोज  ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धी जयन्तीको अवसरमा शनिबार महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका गरेका छन् ।  नयाँ दिल्लीको गान्धी स्मृतिमा ‘राष्ट्रपिता’ को सम्मानमा आयोजना गरिएको प्रार्थना सभामा प्रधानमन्त्री मोदी उपस्थित भइ उनको तस्बीरमा फूलमाला तथा अवीर चढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । कार्यक्रममा भारतका उपराष्ट्रपति भेणकैया नायडू पनि उपस्थित भएका थिए ।

सन् १८६९ अक्टोबर २ मा गुजरातको पोर्बन्दर शहरमा जन्मिएका महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) ले अहिंसात्मक प्रतिरोध अपनाएर औपनिवेशिक बेलायती शासनविरुद्धको स्वतन्त्रता संघर्षको अग्रपंक्तिमा रहेर नेतृत्व गरेका थिए ।  गान्धीकै नेतृत्वमा सन् १९४७ मा भारतले आफ्नो स्वतन्त्रता प्राप्त गर्न सम्भव भएको थियो । बापू भनेर चिनिने उनको ‘स्वराज’ (स्वशासन) र ‘अहिंसा’ प्रतिको अटल विश्वासले उनलाई विश्वभर प्रशंसा प्राप्त मिलेको थियो ।  उनो भौतिक रूप नरहे पनि उनको कामले उनी अमर रहेका छन्  ।

विश्वव्यापी रुपमा गान्धीको जन्म जयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइएको छ । यस अवसरलाई चिनाउन भारत र विश्वभरी थुप्रै कार्यक्रमहरू आयोजना गरिएका छन् । रासस/एएनआई