images

बिहिवार, बैशाख १३ गते २०८१

तिलोत्तमा रुपन्देहीको दोस्रो क्लब एसेम्बली सम्पन्न

तिलोत्तमा रुपन्देहीको दोस्रो क्लब एसेम्बली सम्पन्न

images
images
images
शनिवार, आश्विन १६ २०७८
शनिवार, आश्विन १६ २०७८
  • तिलोत्तमा रुपन्देहीको दोस्रो क्लब एसेम्बली सम्पन्न

    बुटवल, १६ असोज ।
    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ९५ नियमित बैठक तथा दोस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । आरआई डिष्ट्रिक ३२९२ जोन २८ का एजी देविी गुरुङले शुक्रबार बुटवलमा उदटन गर्दै क्लबलाई व्यवस्थित गर्दै लैजान एसेम्बली प्रक्रिया भएको बताइन् । रोटरी अन्तर्राष्ट्रियको मूल्य मान्यता अनुसार सात वटा फोकस एरियामा क्लबबाट भए पनि डिष्ट्रिकको रिपोर्ट र अवार्डमा नोमिनेसनमा पर्ने गरी लाग्न सुझाव दिइन् । टिआरएफमा प्रत्येक सदस्यले २५ डलर र क्लबबाट पोलियो उन्मुलनका लागि ५० डलर समेत सहयोग गर्न उनले सुझाव बताइन् । डिजीको निश्चित लक्ष्य अनुसार सबै सदस्यहरुबाट सहयोगको अपेक्षा रहेको उनले बताइन् । 

    images

    एसेम्बलीमा क्लब एडमिनिष्ट्रेसन कमिटि चेयर टीकाराम पाण्डेले आफ्नो टिमबाट लक्ष्य अनुसार प्रगति विवरण पेश गरे । कोभिडकै कारण धेरै समस्या हुँदाहुँदै पनि दन्त चिकित्सकमार्फत अन्तरक्रिया, कर्डको तालिम, रोटा क्विजका लागि समेत रिजन ५ को स्पोन्सर गर्ने तयारी गरेको उनले बताए । 

    त्यसै गरी मेम्बर कमिटि चेयर केशव बहादुर कुवरले नयाँ सदस्यहरुको क्लासिफिकेशन, वर्षमा १० प्रतिशत सदस्य बढाउने काममा प्राथमिकता दिएको, स्याङ्जामा नयाँ क्लब स्थापना गर्ने तयारी समेत भइरहेको उनले बताए । ईच वान ब्रिन्ङ वान नारालाई सार्थकता दिने गरी काम गर्दै आएको उनले बताए ।  त्यसै गरी पब्लिक ईमेज कमिटी चेयर भगवती घिमिरेले क्लबका गतिविधिलाई संचार माध्यममा ल्याउनुका साथै समुदायमा सचेतनाका कार्यक्रमहरु समेत चलाएको बताइन् । कोभिड संक्रमणको जोखिमलाई रोक्न मास्क वितरण र सचेतनाका लागि समेत गतिविधि गर्दै आएको उनले बताइन् ।

    सर्भिस प्रोजेक्ट कमिटी चेयर शंकर पाण्डेको अनुपस्थितिमा अर्जुन आचार्यले पेश गर्दै फण्ड राईजिङ, वाटर एण्ड सेनिटाईजर, सोसल प्रोजेक्ट अन्तरगत लागूऔषधविरुद्ध सचेतना, चाईल्ड हयाप्पी स्कूल, कोभिड विरुद्ध सचेतना जगाउने गरी ४ हजार ५ सय मास्क वितरण गरिएको उनले बताए । बुद्घ राष्ट्रिय वन क्षेत्र देवदहमा वातावरण जोगाउन अभियान अन्तरगत वृक्षारोपण कार्यक्रम गरिएको उनले बताए । त्यसै गरी निःशुल्क स्वस्थ्य शिविर, रक्तदान कार्यक्रम लगायत गरिने उनले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij