images

बिहिवार, बैशाख १३ गते २०८१

नेपाल तेक्वान्दो संघको चौथो महाधिवेशन भैरहवामा हुँदै

नेपाल तेक्वान्दो संघको चौथो महाधिवेशन भैरहवामा हुँदै

images
images
images
बिहिवार, आश्विन १४ २०७८
बिहिवार, आश्विन १४ २०७८
  • नेपाल तेक्वान्दो संघको चौथो महाधिवेशन भैरहवामा हुँदै

    भैरहवा, १४ असोज ।
    नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन भैरहवामा हुने भएको छ । महाधिवेशन यही असोज १६ गते हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनबारे जानकारी गराएको छ ।

    images

    कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले महाधिवेशनमा ५६ जिल्लाका जिल्ला तेक्वान्दो संघका अध्यक्ष, सात प्रदेशका अध्यक्ष तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने बताए । उनले असोज १६ गते बिहान १० बजे होटल बोधी रेडसनमा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवबाट महाधिवेशनको उद्घाटन हुने कार्यक्रम रहेको जानकारी दिए । 

    ‘देशको मुल कानूनको आधारमा रही प्रदेशस्तरीय प्रदेश संघ समेत गठन भइसकेको र आगामी २०७८ मंसिर महिनाभित्र ती प्रदेश संघको अधिवेशन सम्पन्न गरी प्रदेश संघको नेतृत्व चयन गरी स्थायीत्व प्रदान गरिनेछ, ’राणाले भने । संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र उक्त नेतृत्वले आगामी ४ वर्ष संघलाई नयाँ योजना र कार्यक्रमसहित सञ्चालन गर्ने उनले बताए ।

    महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचनमार्फच निर्वाचित गर्ने राणाले जानकारी दिए । २०६६ सालमा वीरगंजमा भएको प्रथम केन्द्रीय महाधिवेशनले संघलाई संघलाई संस्थागत रुपमा स्थापित गराउन सफल भएको राणाले जानकारी दिए । संघको तेस्रो महाधिवेशन २०७४ साल असोज २४ गते बाराको सिमरामा भएको थियो ।  तेक्वान्दो खेलमार्फत संघले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्यमा लागे पनि सरकारले यो खेललाई फरक दृष्टिकोणले हेरेको अध्यक्ष राणाको भनाइ छ । 

    नेपाल तेक्वान्दो संघ रुपन्देहीका अध्यक्ष दिपेन्द्र बुढाप्रितीको धन्यवाद ज्ञापन तथा संघका केन्द्रीय महासचिव देवराज गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij