२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ                                                               

बुधवार , आश्विन १३, २०७८

असोज, १३ गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका ३ मा अबस्थित घिमिरे होटलबाट चितुवाको  छाला सहित प्रहरीले २ जनालाई प्रकाउ गरेको छ । चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलबाट प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

चितुवाको छाला कारोबारमा पक्राउ पर्नेमा  छत्रकोट गाउँपालिका २ भेडुवाका गणेश खनालका २७ वर्षीय छोरा सुमन खनाल र सोही ठाउँका मोतिलाल सार्कीका  ३१ वर्षीय छोरा हरि बहादुर सार्की रहेका छन् । पक्राउ परेका २ जनालाई  आवश्यक कार्बाहीको लागी सब(डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।