images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनीमा पहिलो पटक स्मार्ट परिक्षणकालिन लाईसन्स बितरण, सेवाग्राहीमा हौसला 

लुम्बिनीमा पहिलो पटक स्मार्ट परिक्षणकालिन लाईसन्स बितरण, सेवाग्राहीमा हौसला 

images
images
images
बुधवार, आश्विन १३ २०७८
बुधवार, आश्विन १३ २०७८
  • लुम्बिनीमा पहिलो पटक स्मार्ट परिक्षणकालिन लाईसन्स बितरण, सेवाग्राहीमा हौसला 

    बुटवल । पाल्पाका बिजय आचार्यले मोटरसाईकलको ट्रायल कटाए। उनको दाईले पनि केही वर्ष पहिले मोटरसाइकलको ट्रायल कटाएपछी राजस्व तिरेको रसिद लिएर अझैसम्म हिडेका छन् । यस्तो अवस्था देखेका उनी राजस्व बुझाउन यातायात ब्यवस्था ,सवारी चालक अनुमतिपत्र कार्यालय बुटवलमा आए र राजस्व बुझाए। उनी पनि त्यही रसिदलाई लेमिनेसन गरेर लाईसन्सको रुपमा प्रयोग गर्ने मनशायमा थिए तर, राजस्व तिरेको रसिद थमाउदै कर्मचारीले लाईसन्स लिएर जानू भन्दा उनी अचम्मित भएका थिए । "स्मार्ट लाईसन्स तुरुन्तै ?" भन्ने कुरा उनको मनमा खेलिरह्यो। उनी लाईसेन्स लिने झ्यालमा पुगे त्यहाँ रसिद दिइसकेपछी स्मार्ट परिक्षणकालिन लाईसन्स प्राप्त गरे। यो देख्दा उनी एकदमै खुसी छन्। उनी खबरपात्रोसंगको कुराकानिमा भन्छन्, "यो लाईसन्स पाउँदा धेरै खुसी छु,दाईको लाईसन्स आएको छैन, त्यो कागज जसले लिएर हिडे पनि हुने, त्यसमा रसिद नम्बर बाहेक केहि बुझिदैन, यो शुरक्षित पनि भयो, लिएर हिड्न पनि सजिलो हुने भयो ।"

    images
    images
    images

    243568684_232190088873902_1458905281037994441_n.jpg

    पहिले ट्रायल कटाएर राजश्व तिरेको वर्षौंसम्म लाइसेन्स सेवाग्राहीको हातमा पर्दैनथ्यो । यसले गर्दा यातायात ब्यवस्था कार्यालयले दिएको राजश्व तिरेको रसिद लिएर सेवाग्राहीले सवारी चलाउनु पर्ने बाध्यता थियो । रसिदमा रहेको फोटो र नाम केही दिनमा हराएर जाँदा चेकिङ्ग गर्ने ट्राफिक प्रहरी र सेवाग्राहीलाई समस्या पर्दथ्यो ।

    नौलो प्रयास
    लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको हो 
    २०४९ सालमा आएको सवारी ऐनमा १ वर्षसम्म परिक्षणकालिन अनुमति दिनु पर्ने ब्यवस्था रहेको छ । प्रदेश सरकारले परिक्षणकालिन अनुमति पत्रको सुरुवात गरेपछि यो ऐन बल्ल लागु भएको हो । लुम्बिनी प्रदेश सरकारको श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले बुटवलबाट परिक्षणकालिन अनुमति पत्रको सुरुवात गरेको हो ।

    नेपालमा स्मार्ट लाईसेन्स वितरण सुरु भएपछि ट्रायल कटाएर राजश्व बुझाँएको वर्षौ हुँदासम्म सेवाग्राहीको हातमा नपर्ने समस्या थियो । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको परिक्षणकालिन सवारी अनुमति पत्रले सेवाग्राहीलाई लाईसेन्स प्राप्तीमा सहज भएको छ ।

    डेढ लाखको लाईसेन्स छाप्ने मेसिन

    अहिले अुनमति पत्र छाप्ने एउटा मेशिन राखेर कार्यालयले सेवा दिईरहेको छ । सवारी ट्रायल कटाएर र राजश्व तिरको दिन नै १ वर्षसम्म परिक्षणकालिन अवधि रहेको लाईसेन्स कार्यालयले सेवाग्राहीलाई दिने गरेको यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालयका प्रमुख तेज नारायाण यादवले जानकारी दिए । लाईसन्स छाप्ने मेसिन १ लाख ६० हजारमा ल्याएको बताउदै कार्यालय प्रमुख यादबले स्मार्ट कार्ड भन्दा सस्तो र सजिलो हुने बताए। 

    लुम्बिनी प्रदेश सरकारले यातायात ब्यबस्था, सवारी चालक अनुमति पत्र कार्यालय रहेको दाङ्ग र नेपालगञ्जबाट पनि स्मार्ट परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी गरेको छ । सेवाग्राहीले पर्ने समस्यालाई सामाधानको लागि परिक्षणकालिन लाईसेन्सको ब्यवस्था ल्याईएको जनाएको छ । 

    243527924_282416273714936_3111023862233221188_n.jpg

    डुब्लिकेसनको डर छैन : कार्यालय

    यातायात व्यवस्था विभाग अन्तरगत सवारी अनुमतिपत्र कार्यालय प्रमुख यादबले यो लाईसन्स डुब्लिकेसन गर्न नमिल्ने बताए। यसमा प्रयोग भएको बार कोडलाई ट्राफिक प्रहरीले मेसिनको सहायताले सजिलै हेर्न सकिने भएकोले डुब्लिकेसन गर्न नमिल्ने दाबी गरे। 

    उनले खबरापात्रोसंग कुराकानी गर्दै भने  "यो लाइसेन्समा एउटा बारकोड छ, त्यसलाई ट्राफिक प्रहरिले सजिलै रिड गर्न सक्दछ, नक्कली बनाउने सम्भावना छैन।" उनले अहिलेको स्मार्ट लाईसन्समा भएको चिप्स रिड गर्ने मेसिन नभएपनि यो बार कोर्ड रिड गर्ने मेसिन आउँदै गरेको जानकारी दिए। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयसंग समन्वय गरि कोर्ड रिडर मगाउने कार्यालय प्रमुख यादबले जानकारी दिए। आवस्यकता अनुसार मेसिन मगाईने उनले जानकारी दिए। 

    अझै सुबिधा दिन्छौ : प्रदेश सरकार
    तराइका जिल्लामा यस्ता किसिमका सुबिधा पाईरहदा  प्रदेशका पहाडी जिल्लामा पनि कार्यालय सञ्चालन गर्ने तयारीमा रहेको लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेगाले बताईन। उनले जनतालाइ सहज हुने किसिमका कार्यहरु लुम्बिनी प्रदेश सरकारले गर्ने बताउदै नयाँ र प्राविधिक कामहरूलाई सबैले सहयोग गर्नुपर्ने बताईन।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij