२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

कांग्रेस महाधिवेशनः बुटवल उपमहानगरमा पाण्डे प्यानल विजयी 

आइतवार , आश्विन १०, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल। नेपाली काग्रेस बुटवल नगर सभापतीमा खेलराज पाण्डे विजयी भएका छन्। काङग्रेसको १४ औं महाधिबेशन अन्तरगत भएको गाउँ नगर निर्वाचनमा पाण्डे विजयी भएका हुन्। 

    उनका प्रतिद्धन्द्धी रिता केसीलाई झण्डै दोब्बर मतले हराउदै पाण्डेले पुनः सभापतिमा निर्वाचित भएका हुन्। पाण्डे तेस्रोपटक नगर सभापतीमा निर्वाचित भएका हुन्। उनी रामचन्द्र पौडेल निकट मानिन्छन्।  पाण्डेले ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी रिता केसीले १ सय १४ मत ल्याउन सफल भएकी छन्। 

    यस्तै उप सभापतीमा पाण्डे समुहकै ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन्। सचिवमा गंगा पन्थी र छाया पोखरेल विजयी भएका छ। यस्तै  सह सचिवमा देवलाल अर्गाली र गणेश घिमिरे निर्वाचित भएका छन्।