२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

अर्घाखाँचीबाट प्रदेश प्रतिनिधिमा विपिनको उम्मेदवारी 

शुक्रवार , आश्विन ८, २०७८

अर्घाखाँची, ८ असोज ।
देशभर नेपाली कांग्रेसको १४ औं महाधिवेशनको माहोल तातिरहेका बेला उम्मेदवारी घोषणा गर्नेको पनि उत्तिकै लहर चलेको छ । यस पटक कांग्रेसको अधिवेशन अन्य समयमा भन्दा फरक हुने देखिएको छ । अधिवेशनका लागि स्थानीय, जिल्ला, प्रदेश र केन्द्रिय तहमा समेत नेतृत्वको दावी गर्दै उम्मेदवरी दिने अधिकांश उम्मेदवार अन्य अधिवेशनमा भन्दा युवा पंक्तिका अनुहार यसपटक बढी देखिएका छन ।

यसै सन्दर्भमा अर्घाखाँचीका लोकप्रिय युवा नेता विपिन अनुरागी पौडेलले प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा नेता पौडेलले आगामी १४ औं महाधिवेशनका लागि लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका अर्घाखाँची जुकेनाका युवा नेता पौडेल पछिल्लो समय युवा नेताहरुमध्ये अधिकांशले रुचाइएका उम्मेदवार रहेको जिल्लाका विभिन्न तहका पार्टी प्रतिनिधिहरुको भनाइ छ ।

नेपाल विद्यार्थी संघ सुधा मावि जुकेनाको इकाई अध्यक्ष हुँदै नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समिति गठनका क्रममा महत्वपूर्ण भुमिका खेलेका थिए । भर्खरै सम्पन्न अधिवेशनमा जुकेनावाट क्षेत्रीय प्रतिनिधि जितेका पौडेलले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने जानकारीसंगै आफ्नो जीत सुनिश्चित रहेको दावी गरे । पौडेलले पछिल्लो समय युवाहरुको लहर चलेको र आफ्नो उम्मेदवारी पनि पार्टी र मुलुकको विकासका लागि रहेकोले सम्पूर्ण मतदातालाइ सहयोगको लागि समेत अपील गरेका छन् ।