२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

कर्मचारी आन्दोलनका नेतृत्वकर्ता पन्थीको रेसुङ्गा नगर सभापतिमा उमेद्वारी घोषणा 

सोमवार , आश्विन ४, २०७८


गुल्मी। नेपाली काङग्रेसको १४ महाधिवेशन अन्तरगत वडा कार्यसमितिको निर्वाचन सकिएपछि अहिले गाउँ नगरको निर्वाचनमा केन्द्रित भएको छ। यसै अन्तरगत नेपाली काङग्रेस गुल्मीमा पनि निर्वाचनको सरगर्मी वढ्दै गएको छ। 

दुई नगरपालिका र दश गाउँपालिका भएको गुल्मीका सम्पूर्ण पालिकाहरुको अधिवेशन अन्तिम तयारी भैरहँदा पालिकाहरुको नेतृत्वका लागि उमेद्वारी घोषणा गर्ने कार्य पनि तिव्र रुपमा भइरहेको छ। गुल्मी जिल्लामै महत्वपूर्ण भूमिका राख्ने रेसुङ्गा नगरपालिकामा पनि महाधिवेशनमा नगर सभापतिको उमेद्वारी घोषणा भएको छ। 

नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष जयश्वर पन्थीले रेसुङ्गा नगरपालिकामा सभापतिको लागि उमेद्वारी घोषण गरेका छन्। लामो समय निजामती कर्मचारी ट्रेड युनियनको विभिन्न भूमिकामा रहेर ट्रेड युनियन आन्दोलनलाई उचाइमा पुर्याएका पन्थी वि स २०२२ सालमा रेसुङ्गा नगरपालिका वडा नं १ तम्घासमा जन्मीएका थिए। २०३६ सालदेखि नेपाल विद्यार्थी संघको सदस्यता लिएका पन्थी काठमाण्डौको नेपाल ल क्याम्पसमा आइ एल अध्ययन गर्दा नेपाल विद्यार्थी संघको तर्फवाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदमा उमेद्वार थिए। वि.स. २०४७ सालमा निजामती सेवामा प्रवेश गरेका पन्थी २०५२ सालमा नेपाल निजामती कर्मचारी युनियन गुल्मीको जिल्ला सदस्य २०५४ सालमा जिल्ला उपाध्यक्ष र २०५८ सालदेखि लगातार ९ वर्ष सम्म जिल्ला अध्यक्ष भै युनियन गुल्मीलाई कुशल नेतृत्व प्रदान गरेका थिए। 

२०६२\६३ को लोकतान्त्रिक आन्दोलनमा गुल्मीमा सवै कर्मचारीको नेतृत्व गरेका  पन्थीलाइ कुशल संगठकको रुपमा चित्रण गरिन्छ। जिल्ला अध्यक्ष पश्चात २०६७ सालमा नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा निर्वाचित भएका पन्थी २०७० मा भएको अधिवेशनवाट केन्द्रिय उपाध्यक्ष निर्वाचित भएका थिए।  

गुल्मीबाट कर्मचारी ट्रेड युनियनको उच्च पदमा पुग्ने पन्थी पहिलो कर्मचारी हुन। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको २०७३ सालमा भएको निर्वाचनमा पन्थीकै नेतृत्वमा गुल्मी युनियनले सानदार विजय हासिल गरेको थियो। आधिकारिक ट्रेड युनियन गुल्मीको संस्थापक अध्यक्षमा निर्वाचित भएका पन्थी हकि स्पष्टवक्ता र निडर स्वाभावका व्यक्ति मानिन्छन्। 

हाल पन्थी कर्मचारी वचत तथा ऋण सहकारी संस्था गुल्मीका अध्यक्ष तथा नेपाल निजामती कर्मचारी युनियन केन्द्र तथा लुम्विनी प्रदेश सल्लाहकार सदस्य समेत हुन्। करिव २६ वर्ष जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेर सेवा गरेका पन्थी गल्मीका दुरदराजका नागरिकका पीडा ब्याथा र दुःखमा साथ दिने अति सरल  र मिलनसार कर्मचारीका रुपमा आफ्नो छवि उच्च बनाएका छन्। २०७७ भाद्र १ गते निजामती सेवावाट स्वैच्छिक अवकास लिएका पन्थी विभिन्न सामाजिक तथा राजनैतिक गतिविधिमा सक्रिय छन्।  

२०४८ सालदेखि काङ्ग्रेसको क्रियाशिल सदस्य रहेका पन्थी रेसुङ्गा माध्यमिक विद्यालयमा दुई  कार्यकाल अध्यक्ष भै आफ्नो भूमिका निर्वाह गरेका छन्। त्यस्तै गौरिशंकर शिव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष समेत रहरेका पन्थी विकास निर्माण तथा समाज सेवामा अब्बल मानिन्छन्।

विधि नीति र प्रद्धतिलाइ प्रधान मान्ने पन्थी आफू नगर सभापतिमा बिजय भएमा रेसुङ्गा नगरपालिकामा  काङग्रेसलाई नमूना संगठन वनाइ आगामी निर्वाचनमा काङग्रेसका उमेद्वारलाई भारी मतका साथ विजयी वनाउने गरी संगठन निर्माणमा लाग्ने र जिल्लालाइ नै काङग्रेसमय बनाउने अठोट लिएको बताए।