२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

जसपाबाट निर्वाचित मर्चवारी–३ का वडासदस्य राप्रपामा प्रवेश

पूर्वमन्त्री बोहराप्रति आभार

शनिवार , आश्विन २, २०७८

भैरहवा, २ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट निर्वाचित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य कपिल देव यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । यादवसहित विभिन्न व्यक्तिहरु राप्रपामा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । उनीहरुलाई शुक्रबार राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पार्टीमा प्रवेश गराएका हुन् ।

यसैबीच राप्रपा रुपन्देही जिल्ला कार्यसमितिको दोस्रो बैठक भैरहवामा सम्पन्न भएको छ । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा तथा वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको प्रमुख आतिथ्यतामा विभिन्न निर्णय गरेको छ । जिल्ला कार्यसमितिको बैठकले पूर्व स्वास्थ्यमन्त्री बोहराको निरन्तर परामर्श पश्चात वर्तमान सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भिर मेरुदण्ड पक्षघात बिरामीहरुलाई मासिक पाँच हजार भत्ता दिने पुनः निर्णय गरेकोमा वर्तमान सरकार एवं पूर्वमन्त्री बोहराप्रति आभार प्रकट गरेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदमा स्वास्थ्यमन्त्रीको हैसियतले तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराबाट २०७४ पुस १३ गते मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव गरी क्यान्सर, मिर्गौला रोग र गम्भिर मेरुदण्ड पक्षघात भएका दीर्घ रोगीहरुलाई मासिक पाँच हजार दिने निर्णय गरी वितरण समेत सुरु गरिसकिएको राप्रपा रुपन्देहीले जनाएको छ । २०७४ को आम निर्वाचन पछि बनेको सरकारले उक्त जनमुखी निर्णय खारेज गरेको राप्रपा रुपन्देहीको भनाइ छ । त्यस्तै बैठकले सम्पूर्ण बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले राप्रपाको स्थापनाकालदेखि सक्रिय रुपमा विभिन्न तहमा रही भूमिका निर्वाह गर्दै आएका बुटवल उपमहानगरपालिका–१ गणेशथानका भक्ति प्रसाद लिगलको भदौ २७ गते ७३ वर्षको उमेरमा भएको निधनले पार्टीमा अपूरणीय क्षति भएको भन्दै दिवगंत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

241803638_4011775188961445_780607910648139008_n.jpg