२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

नेकपा (एस) लुम्बिनी अध्यक्षमा मेटमणि

शुक्रवार , आश्विन १, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • बुटवल । नेकपा एकिकृत समाजवादी (एस) लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेटमणि चौधरी चयन भएका छन् । पार्टीले आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

    बैठकले प्रदेश कमिटीको सचिवमा रुपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए । भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी दिएको छ ।

    अध्यक्ष भईसकेपछी प्रतिक्रिया दिदै चौधरीले नेकपा (एस) लाई ठूलो दल निर्वाचन बाट बनाउने बताएका छन। उनले आवस्यकता अनुसार अन्य दलसँग मिलेर निर्वाचनमा जाने बताउदै अर्को पटकको निर्वाचनमा आफुहरु ठूलो दलको रुपमा अगाडि आउने दाबी गरे। रासस