images

बिहिवार, चैत्र १५ गते २०८०

नेपालले अमेरिकाविरुद्धको खेलमा पहिले व्याटिङ गर्ने

नेपालले अमेरिकाविरुद्धको खेलमा पहिले व्याटिङ गर्ने

images
images
images
शुक्रवार, आश्विन १ २०७८
शुक्रवार, आश्विन १ २०७८
  • नेपालले अमेरिकाविरुद्धको खेलमा पहिले व्याटिङ गर्ने

    काठमाडौँ, १ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ । 

    ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।
    अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ । राष्ट्रिय 

    टोलीमा गुलशनको यो डेब्यु समेत हो ।

    आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । अमेरिका पनि नेपाललाई पराजित गर्दै यसअघिको हारको बदला लिने योजनामा देखिन्छ । रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij