२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भैरहवा जाँदै गरेको बस अनियन्त्रीत हुँदा बुटवलमा ८ जना घाईते

बिहिवार , भाद्र ३१, २०७८

बुटवल। बुटवलमा गुडिरहेको बस सडकमै एक्कासी अनियन्त्रीत भई दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। 
 
बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ७८९ नम्बरको बस कालिका चोकमा अनियन्त्रीत भई दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बस अनियन्त्रीत भई सडकछेउमै पल्टिएको हो।

घाईतेहरुको चौरहा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। सबै घाईतेको अवस्था सामान्य रहेको र अन्य आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।