२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

माधवकुमार नेपाल स्वार्थ केन्द्रित भएर पार्टी विभाजन गरे : विष्णु पौडेल

बुधवार , भाद्र ३०, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल । नेकपा एमालेका नेता विष्णु पौडेलले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल सिद्धान्त केन्द्रित नभइ स्वार्थ केन्द्रित भएर पार्टीमा विभाजन गरेको आरोप लगाएका छन्। बुटवलमा आयोजित कार्यकर्ता भेलामा उनले नेता नेपाल नेपाली कांग्रेसको चरणमा परेको बताए।

    उनले माधव नेपालको पार्टीमा जानुभन्दा कांग्रेसलाई सोझै सहयोग गर्न जाँदा उत्तम हुने पौडेलले टिप्पणी गरे। "केही मानिसहरुमा भ्रममा होलान्। माधव नेपालमार्फत कांग्रेसको सेवा गर्न जरुरी छैन। बरु त्यसका लागि सोझै नेपाली कांग्रेसलाई सहयोग गर्ने बाटा छन्। त्यो बेग्लै कुरा हो। तर माधव नेपालको झुण्डले जुन गतिविधि गरेको छ त्यो सैह्य छैन ", उनले भने।  उनले बामपन्थी शक्ति निर्माण गर्ने भनेर नेता नेपालले दोधारे चरित्र देखाएको आरोप लगाए। " कांग्रेसको पछि लागेर बामपन्थी शक्ति निर्माण गर्ने भन्ने। कांग्रेसको पछि लागेर वामपन्थी शक्ति निर्माण हुन्छ ?", पौडेलले भने।

    नेकपा एमालेको अध्यक्ष ओलीलाई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा हुँदा अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गरेर हटाउन खोजेको बताए।
    उनले भने, "अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरिएको थियो। यसरी एमाले कब्जा गर्न खोज्ने, एमालेलाई कमजोर पार्ने प्रयास भएको हो। प्रचण्डको नेतृत्व कमजोर भए पनि पार्टी एकता जोगाउने कोसिस गरेका थियौँ।"