२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

एमाले अहिले अफ्ट्यारोमा छ : घनश्याम भुसाल

बुधवार , भाद्र ३०, २०७८

बुटवल । नेकपा एमालेका उप(महासचिव घनश्याम भुसालले  पार्टी अप्ठेरोमा रहेको टिप्पणी गरेका छन्। बुटवलमा आयोजित कार्यक्रममा बोल्दै भुसालले नेकपा एमाले फुटका कारण अप्ठेरोमा रहेको बताए। पार्टीका लागि बलिदान गर्ने मदन भण्डारीजस्ता नेताको योगदानका कारण ठुलो चोटपछि पनि एमाले अझै राष्ट्रको सबैभन्दा ठिलो शक्ति भएको दाबी गरे।  

"हामी धेरै अप्ठेरोमा छौ। कहाँ थियौ काहाँ खसेका छौ। नेकपा एमालेको सबभन्दा ठुलो र प्रभाकारी भूमिका खेल्नुपर्ने ठाउँमा छौ। आज पनि हामी राष्ट्रिय शक्ति हौ। हामी मात्तिने र आतिने होइन "  उनले भने। एमालेलाई उत्ताउलो हुने छुट नभएको भुसालको भनाइ थियो। मुलुकको आन्दोलनमा समानताको आन्दोलनमा जति जोड गर्न सकियो त्यति बलियो हुने हो, उनले भने। न्याय र समानताका पक्षमा उभिए मात्रै एमालेअघि बढन सक्ने भुसालले बताए। उनले समानताको दायित्व भुल्न नहुने तर्क गरे।

"अरु कुनै कुराले हुने होइन। यदि हामीले यो दायित्व बिर्स्यौ भने इतिहासले हामीलाई प्रश्न गर्छ ", उनले भने। एमाले आन्तरिक समस्याको समाधानका लागि पर्‍याप्त लोकतान्त्रिक अभ्यासको खाँचो भएको भुसालले बताए। आफूले आन्तरिक लोकतान्त्रिक कुरा गर्दा व्यक्तिवादी भएको आरोप लग्ने गरेको बताउँदै भुसालले भने, "यस्तो पार्टी स्वयंम हर आन्तरिक पर्‍याप्त लोकतन्त्रिक हुन सकेन भने बाहिर पनि लोकतन्त्रिक हुन सक्दैन। हामी व्यक्तिका लागिमात्रै कुरा गरेको जस्तो हुन्छ। त्यस्तो होइन। जति बढी एमालेले न्ययाय समानताको पक्षमा न्ययाय गर्न सक्छ त्यति राम्रो हुन्छ। जाने बाटो यो हो।"

लोकतन्त्रिक समाजवादमा जान दलाल पुजिवादले असर गरिरहेको भुसालको टिप्पणी छ। दलाल पुजीवाद पार्टीहरुभित्र पनि हावी भएको उनले बताए। अब दलाल पुजीवादविरुद्ध पार्टीभित्र र पार्टी बाहिर लड्नुपर्ने बताए।

उनले त्यसका विरुद्ध एमाले मात्रै लडन नसक्ने बताए। उनले माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दलाल पुजीवादका विरुद्ध लडे त्यसलाई स्वागत गर्ने उनले बताए।"नेकपा एमालेको अभाव अरु कसैले पुरा गर्न सक्दैन। लोकतान्त्रिक एमाले, न्याय समानतामा योगदान गर्ने एमालेमा बाचेको पिढीले गर्ने हो", उनले भने।

माधव नेपाललाई आफूले दलाल पुजिवादका बारेमा बुझाउन नसकेको भुसालको भनाई छ। "कमरेड माधव नेपालले यो कुरा बुझ्नु पर्थ्यो। तर बुझाउन सकिएन। यो बिचमा के-के भयो के-के भयो। हामी यो बिचमा हामी भाड्किएका हौँ ", उनले भने।

उनले माधव नेपाल पार्टीभित्रै भएका कमजोरी सच्याएर अघि बढ्न तयार नभएको बताए। उनले आन्तरिक लोकन्त्रमार्फत एमाले भित्रको समस्या समाधानका लागि नेपाल तयार नभएको आरोप लगाए। उनले भने,"माधवकुमार नेपाल कमरेडले यो कुरा सामान गर्न तयार हुनुपर्थ्यो। उहाँहरुको व्यक्तिगत कुरा नगरौ। उहाँहरुले बुझ्नुहुने छ। नेकपा एमाले विधान महाधिवेशनबाट व्यवस्थित भएर आउँछ हामी माधव नेपाल कमरेडलाई बुझ्न बाध्य बनाउँछौ। हामीले परसम्म सोचेर तर्क गरौँ। हामीले रिस गर्नुपर्ने लायक छैन् ।"