२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

एमाले अध्यक्ष ओली आज बुटवल आउने

बुधवार , भाद्र ३०, २०७८

बुटवल, ३० भदौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार (आज) बुटवल आउने भएका छन् । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी बुटवल आउने भएका हुन् । बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

भेलालाई पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । भेलामा रुपन्देहीका १६ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभाागि हुने उनले बताए ।