images
images

सोमवार, जेठ ७ गते २०८१

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : अध्यक्ष ओली

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : अध्यक्ष ओली

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : अध्यक्ष ओली

    झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

    नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

    आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताए । “हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन”, उहाँले भन्नुभयो । एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, “पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिदैन ।” अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौँबाट यहाँ आइपुगेका हुन् ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij