२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

दुग्ध प्रशोधन उद्योग सञ्चालनका लागि अध्ययन अवलोकन भ्रमण

सोमवार , भाद्र १४, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १४ भदौ । 
    लुम्बिनी विशिष्टकृत सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेश तिलोत्तमाले स्थापना गर्ने यूएचटी दुग्ध प्रशोधन केन्द्र उद्योग सञ्चालनका लागि एक टोलीले भारतका् महाराष्ट्र र कर्नाटक प्रदेशको मुम्बई, पुने र गोवा शहरका उद्योगहरुको अवलोकन गरेको छ । उद्योग सञ्चालनका लागि आवश्यक पर्ने मेशिन, औजार तथा उत्पादन उद्योग अध्ययन अवलोकनका लागि उक्त टोलीले अध्ययन अवलोकन भ्रमण गरेको हो । लुम्बिनी विशिष्टिकृत सहकारी संघ लुम्बिनीका अध्यक्ष डा. खगराज शर्मा, सचिव गोपाल पौडेल, कोषाध्यक्ष खेम प्रसाद गौतम, सञ्चालक राजेन्द्र प्रसाद सुवेदी, डेरी विज्ञ तथा कन्सल्ट्यान्ट मनोज यादव, डीपीआर निर्माण गर्ने कम्पनीका इञ्जिनियर सुनिल लम्सालसहितको टोलीले भदौ ४ गतेदेखि १२ गतेसम्म अध्ययन अवलोकन भ्रमण गरेको हो ।

    डेरी उद्योगका लागि आवश्यक पर्ने विभिन्न मेशिन तथा उपकरणहरुको गुणस्तरीयता, मुल्य, साइज, उपलब्ध गराउन सक्ने अवधि, ठूला डेरी प्लान्टहरुको डिजाइन एवं इञ्जिनियरिङ लगायतका विषयमा जानकारी लिइएको अध्यक्ष डा. शर्माले बताए ।

    त्यस्तै गोमा प्रोसेस टेक, फिलप्याक टेक, रेपुट इञ्जिनियरिङ, फ्लो टेक इञ्जिनियरिङ, जेअुजर इण्डिया, राज बोइलर्स, टेटापाक इण्डिया लिमिटेड लगायतका मेशिन तथा उपकरण निर्माता कम्पनी तथा ५० हजार लिटर दुध प्रतिदिन उत्पादन क्षमताको मावल डेरी, ३ लाख प्रतिदिन क्षमताको अनन्त डेरी, आठ लाख लिटर प्रतिदिन क्षमताको वारणा डेरी र १६ लाख लिटर प्रतिदिन क्षमताको चितले डेरीको अवलोकन गरिएको उनले बताए । ‘चितले डेरीमा ६० देखि ७० प्रतिशत तरल दुध र बाँकी अन्य प्रोडक्ट बनाउने गरिएको रहेछ, गुणस्तर र प्रविधि प्रयोगका आधारमा चितले डेरी निजी क्षेत्रमा भारतको एक नम्बर नै मानिदो रहेछ, जहाँ ६० प्रतिशत भैसी र ४० प्रतिशत गाईको दुध प्राप्त हुन्छ, ’उनले भने ।