आइतवार , भाद्र १३, २०७८
बुटवल, १३ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप दुईवटा वस्तुगत समिति गठन गरिएको छ । संघमा आइतबार बसेको छुट्टाछुट्टै बैठकले ब्यूटीपार्लर र महिला उद्यमी वस्तुगत समिति गठन गरिएको हो । ब्यूटीपार्लर वस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्यलाई चयन गरिएको छ । समितिको उपसभापतिमा पार्वती विक, सचिवमा अप्सरा श्रेष्ठ, सह=सचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा अम्विका लम्साललाई चयन गरिएको छ । त्यसै गरी सदयस्यहरुमा रमा पुन मगर, दुर्गा पाण्डे, केशरी पाण्डे र अमृता राना रहनु भएको छ । त्यस्तै रेनु श्रेष्ठ, शान्ता शर्मा र अनिता केसीलाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस्तै महिला उद्यमी बस्तुगत समितिको सभापतिमा सुनिता शर्मा वञ्जाडेलाई चयन गरिएको छ । समितिको उपसभापतिमा सृष्टि गुरुङ, सचिवमा सीता ध्वजु, कोषाध्यक्षमा राधिका पोखरेल, सहसचिवमा सैलजा श्रेष्ठ तथा सदस्यहरुमा सोनामी गुरुङ, गोमा पोखरेल श्रेष्ठ, विपना ज्ञवाली, उमा शर्मा, कमला पन्त र कल्पना भण्डारीलाई चयन गरिएको छ ।
त्यस्तै समितिको सल्लाहकारमा मञ्जु भुसाल, यमुना रिजाल, धनकुमारी खनाल, नमकला वेलवासे, वेगमकुमारी श्रेष्ठ र सञ्जिला कसजुलाई चयन गरिएको छ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाकालदेखि हालसम्म आर्थिक तथा सामाजिक क्षेत्रमा संघले गरेको योगदानको चर्चा गर्दै व्यवसायिक क्षेत्रका समस्याहरु पहिचान वस्तुगत समितिलाई आग्रह गरे । उनले वस्तुगत समितिले पहिचान गरेका समस्या ल्याउन आग्रह गर्दै ती समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत जानकारी दिए ।
संघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले यस क्षेत्रको सामाजिक तथा व्यवसायिक विकासमा संघको ठूलो योगदान रहेको चर्चा गर्दै उद्यमशिलता विकासमा समेत लाग्न वस्तुगत समितिहरुलाई आग्रह गरे ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, ब्यूटीपार्लर तथा महिला उद्यमी वस्तुगत समितिकी समन्वयकर्ता तथा कार्यसमिति सदस्य मीना प्रधानले नवगठित वस्तुगत समितिलाई शुभकामना व्यक्त गर्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij