
आइतवार , भाद्र १३, २०७८
भैरहवा, १३ भदौ ।
एडभेन्टिष्ट डेभलपमेन्ट एण्ड रिलिफ एजेन्सी (आड्रा) नेपालले भैरहवास्थित भीम अस्पताललाई स्वास्थथ्य सामग्री सहयोग गरेको छ । संस्थाले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
अस्पताललाई केएन नाइटी फाइभ मास्क १ सय थान मास्क, सर्जिकल ग्लोब्स ५ सय थान, सर्जिकल मास्क १ हजार थान, फेस शिल्ड ५ सय थान, नेबुलाइजर २ थान, सेनिटाइजर ५० थान, थर्मोगन र अक्सिमिटर २/२ थान प्रदान गरिएको आड्रा नेपालका परियोजना अधिकारी टीना गुरुङले बताइन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण पश्चात बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पताललाई आवश्यक सामग्री प्रदान गरेकोमा आड्रा नेपाललाई धन्यवाद ज्ञापन गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij