शनिवार , भाद्र १२, २०७८
भैरहवा, १२ भदौ ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र लायन्स क्लब अफ ओमसतियाले बाडी प्रभावितलाई राहत वितरण गरेको छन् । दुवै क्लबले संयुक्त रुपमा शनिबार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ स्थित कुस्मी गाउँमा पुगेर प्रभावितलाई राहत वितरण गरेका हुन् ।
अविरल बर्षाका कारण बाढीबाट प्रभावित ६० घरपरिवारलाई राहत वितरण गरिएको लायन्स क्लब अफ ओमसतियाका संस्थापक अध्यक्ष मोहित यादवले बताए । बाढीबाट प्रभावितबारे जानकारी पाएपछि पीडितहरुलाई राहत सामग्री वितरण गरिएको कार्यक्रम संयोजक विनम थापाले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द थापाले विपदमा परेका नागरिकलाई सहयोग गर्नु पुनित कार्य भएको बताए ।
डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स भैरहवा ग्रीन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ता, लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरी लगायतले विपदमा परेका नागरिकलाई लायन्सले सहयोग गर्दै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij