
मंगलवार , श्रावण ६, २०७७
काठमाण्डौ, २८ जेठ ।
हालका लागि न्युजिल्याण्ड कोरोनामुक्त देश बनेको छ । न यहाँ अब कोही व्यक्तिमा सक्रिय संक्रमण छ, न त नयाँ संक्रमित नै देखा परेका छन् । जब यो समाचार न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा अर्डेनको कानमा पर्यो । तब, खुसीले नाचिन् र कान्छी छोरी निभीले पनि आमालाई साथ दिइन् । सरकारी टेलिभिजनमा जाकिन्डाले आफ्नो अनुभव शेयर गरेकी हुन् । ३९ वर्षीय जाकिन्डालाई विश्वका उदाहरणीय युवा प्रधानमन्त्रीका रुपमा लिइन्छ ।
न्युजिल्याण्डमा कुल ११ सय ५४ जनामा कोभिड–१९ देखिएकोमा २२ जनाले ज्यान गुमाए भने ११ सय ३२ जना निको भए । त्यसैले यो देशले कोरोना भाइरसबाट अहिलेका लागि मुक्त छ ।
न्युजिल्याण्डले कोरोना भाइरस संक्रमणपछि देशमा कडाइ गरेको थियो, जसले उसको सफलतामा ठूलो भूमिका खेल्यो । त्यस्तै, परीक्षणलाई सहज बनाइयो र वृहद रुपमा कन्ट्याक्ट ट्रेसिङ गरियो । जसकारण महामारी नियन्त्रणमा आयो ।
न्युजिल्याण्डले सोमबारै कोरोना भाइरसका कारण सिर्जित कडा नियम खुकुलो गर्ने घोषणा पनि गरेको छ । नियम खुकुलो गरिए पनि बिरामीलाई घरमै बस्न भनिएको छ । उच्चस्तरको सरसफाई कायम राख्न र उनीहरु कहीं घुमिहालेमा त्यसको रेकर्ड राख्न पनि भनिएको छ ।
यहाँको सीमा क्षेत्र सबै गैरनागरिकका लागि बन्द छ । यद्यपी, अस्टे«लियासंगको सीमा क्षेत्र खोल्ने विषयमा भने दुई देशीय छलफल चलिरहेको छ । अस्ट्रेलियामा पनि महामारी धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ र कडाइ खुकुलो गरिएको छ । (रातोपाटी)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij