images

शुक्रवार, चैत्र १६ गते २०८०

रक्षाबन्धनको महत्व 

रक्षाबन्धनको महत्व 

images
images
images
आइतवार, भाद्र ६ २०७८
आइतवार, भाद्र ६ २०७८
  • रक्षाबन्धनको महत्व 

    प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाको दिन मनाउने रक्षाबन्धन अर्थात जनै फेर्ने दिन जनैपूर्णिमा हिन्दू धर्मावलम्वीहरुले भव्य रुपमा मनाउने एउटा पवित्र दिन हो ।  रक्षाबन्धनलाई मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथिको जित प्राप्त गर्ने पर्वको रुपमा लिने गरिन्छ । हिन्दूशास्त्र अनुसार देवराज इन्द्र र दैत्यराज वृतासुरका बीच १२ वर्षसम्म अविजित रुपमा भयानक युद्ध चलेको र त्यस युद्धमा वृतासुरको विजय भएको थियो भने देवराजले पराजय भोग्नुपरेको थियो । पराजित देवराज इन्द्रले धर्म एंव संस्कारविहिन भएर जीवनयापन गर्न लागे । पीडादायी, गौरवविहिन जीवन व्यतित गर्न गरेर बाँच्नु भन्दा मर्नु नै उत्तम सम्झेर पुन : दैत्यराज वृतासुरसंग जीवनको अन्तिम युद्ध लड्न संकल्प गरे ।

    images
    images
    images

    श्रावण शुक्ल चतुर्दशीको दिन देवगुरु वृहस्पतिले इन्द्र देवराजको कल्याण एवं विजयको कामना गर्दै पूर्णिमाको शुभमूहूर्तमा इन्द्रलाई रक्षाबन्धन बांधेर बल प्रदान गरेको कुरा किम्बदन्तीमा उल्लेख भएको पाइन्छ । हिन्दू ग्रन्थ अनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएको तथा वामन अवतार विष्णुले राजावलीलाई डोरी बाधि वचन बन्धन गराइ तिनै लोक लिएको धार्मिक किम्बदन्तीमा रहेको छ । त्यस्तै जनैलाई ब्रहम शुत्र अर्थात वेदोत्त कर्म गर्ने अधिकार प्राप्तिका निम्ति धारण गर्न मन्त्रीएको धागो बुझिन्छ । जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा विष्णु र महेश्वर तथा अर्को तीन शिखाका डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकको रुपमा लिइन्छ । ब्राहमणहरु नुहाई धुवाई गरी चोखो भइ पवित्र धागो (रक्षा सुत्र) बोकेर गाउँगाउँ गएर येन बदधो वलिराजा दानवेन्द्रो महाबल : । तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल ।  अर्थात “जुन रक्षाशुत्रले अत्यन्त वलशालि राजा वलि बाधिएपछि सारा देवगण सुरक्षित भए, म त्यही रक्षासुत्रले बाधी तिमीलाई सुरक्षित गर्दछु । भन्दै मन्त्र जपि सबैलाई हातको नाडीमा धागो (रक्षा बन्धन) बाधेर टीका लगाइ दिए वापत दक्षिणा वस्त्र आदि उपहार लिने गर्दछ्न । तर हिजो आज यो प्रचलन विस्तारै हराउँदै गएको छ । यस पंक्तिकारलाई स्मरण छ कि सानो छदा अन्य धर्मावलम्बीलाई समेत पण्डितले उक्त मन्त्र जप्दै धागो बाध्ने गरिन्थ्यो । सबै खुशीले धागो (जनै) हातमा लगाउँथे । यसरी बाधिएको धागो दशैसम्म बाधिरहनुपर्ने मान्यता रहि आए पनि हिजोआज जुनसुकै बखत उक्त धागो फुकाल्ने अर्थात फाल्ने कार्य भइरहेको छ । जनै पूर्णिमाको दिन नेवार समुदायमा पनि गुन्हु पुन्ही भनी धुमधामले मनाउने प्रचलन छ  । साथै यो दिनमा भ्यागुताको पनि पूजा गर्ने गरिन्छ ।    

    नेपाली समाजमा संस्कृतिको व्यापकता हुनु भौगोलिक, साँस्कृतिक, जातिय जस्ता विविधताले गर्दा हो । छिमेकी मुलुक भारतसंगको खुल्ला सिमाना हुनु पनि अर्को पाटो हो । दुई देशबीचको सम्बन्धले गर्दा एकअर्काबीचको संस्कृति समेत भित्रिएको पाइन्छ । त्यसैले नेपाली संस्कृति केहि तिव्बत र केही भारतसंग मिल्दोजुल्दो पाउँछौ । यो पर्व भारतले अलग्गै प्रकारले मनाउने गर्छन् । जसको प्रभाव कुनै कालखण्डमा नेपालको तराई भेगमा प्रत्यक्ष रुपमा परेको पाइन्छ । तराईमा दिदीबहिनीले आफ्ना दाजुभाईको हातमा पवित्र धागो रक्षाबन्धन (राखी) बाधेर टीका लगाई मीठो खुलाइन्छ भने दाजुभाईले केही उपहार अथवा दक्षिणा पैसा दिने प्रचलन रहेको छ । धर्मशास्त्र अनुसार यमदुतले आफ्नो बहिनी यमुनासंग राखी बाध्ने समयमा भनेका हुन् कि जसले यस पवित्रताको राखी बाध्छ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ भन्ने मान्यता रहदै आएको छ । 

    एउटै मुलुकमा रहेका फरकफरक समुदाय र फरक भुगोलमा बसोबास गर्ने समुदायले एउटै पर्वलाई फरक ढंगले मनाउनु पनि विविधता हो । यी यस्ता समाजमा स्थापित संस्कृतिको प्रयोग गर्ने पद्दति, प्रक्रिया, प्रवृत्तिको विकासहरुमा नविनतम संस्कृतिको स्थापना हँुदा बाह्य क्रियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ संस्कृति विचलनबाट बच्नका लागि समय अनुकुलको संस्कृतिका विकृति र विसंगतिलाई संस्थागत रुपमै निर्मुल पार्दै लैजान जरुरी छ । नत्र ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए पहिचान हराउँछ’ भनेझै पहिचानबिहिन हुन पनि सक्छ । त्यसैले सबै नेपाली समयमा नै सचेत हुन अपरिहार्य छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij