२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

दाङको ग्वारखोलाले बगाउँदा आमा र दुई वर्षीय छोराको मृत्यु

सोमवार , श्रावण २५, २०७८

२५ साउन, तुलसीपुर ।

ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ ।तुलसीपुर–४ सिम्लेनीका ३६ वर्षीय अमृता घर्ती र उनको दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

तुलसीपुर–१९ पतेनीमा माइत जाने क्रममा आज दिउँसो साढे २ बजे ग्वारखोलाले बगाउँदा आमाछोराको नै मृत्यु भएको हो । शबलाई पोष्ट्रमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।