२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोना भाइरस: अमेरिकापछि सङ्क्रमितको सङ्ख्या भारतमा धेरै

सोमवार , भाद्र २२, २०७७

काठमाण्डौ । भारतमा कोरोना भाईरसका संक्रमितको सङख्यामा अत्याधिक बृद्धि भएको छ । विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ । 

यसअघि सङ्क्रमित हुनेको सङख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो । अहिले भारतमा सङ्क्रमित हुनेको सङख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङख्या ७२ हजार नाघेको छ । देशको जनसङख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने सङख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ । तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ । 

राजधानी दिल्लीमा पनि सङ्क्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । तर सङ्क्रमण सहरबाट विस्तारै साना नगर अनि ग्रामीण क्षेत्रहरूमा सर्दैछ । सरकारले व्यापार र यातायात पुनः खोल्दै गर्दा सङक्रमितको सङख्या पनि ह्वात्तै बढेको हो । लकडाउन खुलेपछि मानिसहरूको गतिविधि विभिन्न क्षेत्रमा बढ्नुले पनि सङ्क्रमितको सङख्यामा वृद्धि भएको विज्ञहरूले बताएका छन् ।

यसअघि आइतवार भारतमा एकैदिन थप ९० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यहाँ आइतवार मात्रै नभइ लगातार विगत तीन दिनदेखि सङ्क्रमितको सङख्या ८० हजार नाघ्दै आएको थियो । 

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढी मानिसमा सङ्क्रमण देखिसकेको छ । त्यसपछि भारतमा ४२ लाख र तेस्रोमा ब्राजिल परेको छ जहाँ ४१ लाख भन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । बिबिसिको सहयोगमा