images

आइतवार, बैशाख २३ गते २०८१

दाङमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

दाङमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

images
images
images
मंगलवार, श्रावण १९ २०७८
मंगलवार, श्रावण १९ २०७८
  • दाङमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    १९ साउन, दाङ ।

    दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरुलाई सोमबार साँझ ५ बजेतिर पक्राउ गरिएको हो । 

    पूर्व–पश्चिम राजमार्ग स्थित दाङको गढवा गाउँपालिका वडा नं. १ जुरौलीमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा भारतको सिद्धार्थनगर पञ्चायत वडा नं. ३ निवासी २२ बर्षीय करमुल्लाह आमिर र भारतकै सिद्धार्थनगर ८ निवासी १९ वर्षीय राजा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

    प्रहरीकाअनुसार जिल्लामा पेस्तोल विक्री वितरण गर्दै आएको भन्ने सूचना आएपछि खोजतलास गर्दा उनीहरु पक्राउ परेका छन् । कहाँ लैजान लागेको, कहाँबाट ल्याएकोलगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij