
शनिवार , श्रावण १६, २०७८
गुल्मी, १६ साउन ।
गुल्मी जिल्ला समाज युकेको सहयोगमा गुल्मी सहयोगी हातहरुको टोलीले जिल्ला प्रशासन कार्यालयलाई करिब ४ लाख थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ । शुक्रबार गुल्मेली सहयोगी हातका अध्यक्ष लिला खरेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई माक्स हस्तान्तरण गरेको हो । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गुल्मेली सहयोगी हातले जिल्लामा २ नगरपालिकालाई १०÷१० कार्टुन, गाउँपालिकालाई १०÷१० कार्टुन, जिल्ला प्रशासन कार्यालयलाई १३ कार्टुन, गुल्मी अस्पताललाई ८ कार्टुन, ४ प्राथमिक स्वास्थ्य केन्द्रलाई १÷१ कार्टुन, पत्रकार महासंघ गुल्मीलाई २ कार्टुन र स्वतन्त्र विद्यार्थी युनियन रेसुंगा बहुमुखी क्याम्पसलाई १ गरेर १ सय ५२ कार्टुन माक्स वितरण गरिएको गुल्मेली सहयोगी हातका सचिव विमल घिमिरेले जानकारी दिए ।
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको समयमा छाक टार्न गाह्रो भएका ६ सय घर परिवारलाई पहिलो चरणमा घरघरमा खाद्यान्न वितरण गुल्मेली सहयोगी हातहरु नामक सस्ंथाले गुल्मीवासीलाई गरिसकेको छ । त्यस्तै दोस्रो चरणमा जिल्लाका सबै स्थानीय तहलाई कोभिडको औषधी, ९० वटा अक्सिजन सिलिण्डर गुल्मी अस्पतालमा पठाएको थियो ।
गुल्मी सेवा समाज युकेसंग समन्वय गरी जिल्लाका स्थानीय तह, गुल्मी अस्पताल, नेपाल पत्रकार महासंघ लगायत जिल्लामा अवस्थित संघ–संस्थालाई करिव ४ सय माक्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । आफूहरु गुल्मी भन्दा बाहिर भए पनि गुल्मेलीको समस्यामा हातमा हात साथमा साथ दिएर सहयोग गर्ने गुल्मेली सहयोगी हातहरुका अध्यक्ष लिला खरेलले बताए ।
गुल्मेली सहयोगी हातले गुल्मी जिल्ला सहयोग गर्दै आइरहेको र विपद्को समयमा हातमा हात दिदैं अगाडी बढ्दै आएको अक्सिजन अभाव हुन नदिइ नागरिकको ज्यान बचाउन सफल भएको गुल्मेलीको भनाइ छ । कोभिडविरुद्धको अभियान सहयोग गर्ने संघ–सस्था सबैमा धन्यवाद दिदैं प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले प्रदान गरिएको माक्स लक्षित वर्गसम्म गुग्ने बताइन् । गुल्मी जिल्ला समाज युकेको सहयोगमा गुल्मेली सहयोगी हातहरुले प्रदान गरेको माक्स प्रमुख जिल्ला अधिकारी शर्माद्धारा रेसुंगा नगरपालिका, इस्मा गाउँपालिका, स्ववियु, पत्रकार महासंघ र सुरक्षा निकायका प्रमुख लगायतलाई बितरण गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij