२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

विजय अर्यालको ‘चिया चुरोट’ गीत सार्वजनिक

मंगलवार , श्रावण ५, २०७८

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा, ५ साउन ।
    लोक गायक तथा सर्जक विजय अर्यालको ‘चिया चुरोट’ बोलको गीत (एल्बम) सार्वजनिक भएको छ । अर्याल र सरिता सुनारको स्वर तथा अर्यालको शब्द÷लय रहेको उक्त गीत सार्वजनिक भएको हो ।
    भिडियो माधव पौडेलले छांयाकन गरेका हुन् भने विजय अर्यालको निर्देशन र विजय पोखरेलले सम्पादन गरेका छन् । गीतको एरेन्ज झलक संगितमले गरेका छन् ।

    आलाप रेकर्डिङ स्टुडियो, गोंगबु, काठमाडौंमा रेकर्डिङ गरिएको भिडियोको मिक्सिङ युनिक भुमिज, बुटवलले गरेको छ ।सांगितिक यात्रा अगाडी बढाएका अर्यालका यस अघि पनि विभिन्न गीत सार्वजनिक भएका छन् ।