images

शनिवार, बैशाख २२ गते २०८१

बिपक्षी गठबन्धन भन्छ : अव बिदा हुने पालो मुख्यमन्त्री शंकर पोखरेलको

बिपक्षी गठबन्धन भन्छ : अव बिदा हुने पालो मुख्यमन्त्री शंकर पोखरेलको

images
images
images
बुधवार, आषाढ ३० २०७८
बुधवार, आषाढ ३० २०७८
  • बिपक्षी गठबन्धन भन्छ : अव बिदा हुने पालो मुख्यमन्त्री शंकर पोखरेलको

    बुटवल, ३० असार। लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले प्रदेश सरकारको बैधानिकता माथि पुन प्रश्न उठाएका छन्। उनीहरुले सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्री शंकर पोखरलको राजीनामा माग गर्दै आएका छन्। प्रदेश सरकार गठन प्रकृयानै अवैधानिक भएको आरोप लगाउदै बिपक्षी गठबन्धनका नेताहरुले मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिएका छन्। 

    images
    images
    images

    मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रदेश सरकार गठन संबिधान बिपरित भएको ठहर गर्दै बिपक्षी गठबन्धनका नेताहरुले अल्पमतको सरकारले ल्याएको वजेट पनि अवैधानिक भएको भन्दै वजेटमाथिको छलफलको कुनै औचित्य नरहेको समेत टिप्पणी गरेका छन्। उनिहरुले भने— ‘यो बजेटको कुनै औचित्य छैन, पहिला मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ।’ प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथिको छलफलमा सहभागी हुदै विपक्षी गठवन्धन दलका प्रदेश सभा सदस्यहरूले बजेटका बारेमा छलफलको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। उनिहरुले भने—‘मुख्यमन्त्रीको राजीनामा हाम्रो एक सुत्रिय माग हो, राजीनामा नआएसम्म संसद अघि बढ्दैन।’ 

    नेपाली काँग्रेसका प्रदेश सभा सदस्य सुरेन्द्र हमालले प्रदेश सरकारको बजेटमा कोभिड–१९ बिरूद्वको खोपका लागि बजेट नछुट्याइएको, वजेटमा स्वास्थ्यलाई तेस्रो प्राथमिकतामा राखिएको, प्रदेश सभा सदस्यहरूलाई वाइपास गरेर नेकपा एमालेका गाउँ र जिल्ला कमिटीबाट सिफारिस गरिएका योजनाहरू समेटेर वजेट ल्याइएको भन्दै बजेट पारित गराउन सरकारलाई सहयोग गर्न नसकिने धारणा राखे। नेता हमालले भने—‘प्रदेश सरकार स्पष्ट अल्पमतमा हुँदा समेत मुख्यमन्त्री पोखरेलले राजिनामा नदिई जबर्जस्ती सरकारमा बसिरहनु आपत्तीजनक छ।’ केन्द्रमा केपि ओली नेतृत्वको सरकार ढलिसकेको र अव पालो लुम्बिनी सरकारको रहेको उनले बताए।

    नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले अल्पमतले बहुमतमाथि शासन गर्ने कुचेष्ठा त्यागेर तत्काल राजिनामा दिई नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न मुख्यमन्त्री पोखरेललाई सुझाव दिए। लोकतन्त्रमा अल्पमतले बहुमतमाथी शासन गर्ने प्रचलन कहि कतै नभएको उनको भनाई छ। नेता खड्काले भने—‘प्रदेश सभाको रोष्टममै उभिएर मुख्यमन्त्री पोखरेलले अल्पमतमा परे एक मिनेट पनि सत्तामा नबस्ने भनी दिएको अभिव्यक्ति स्मरण गराउन चाहान्छु।’ बढि ढिपि र जिद्धी गरिरहे केपि ओलीकै हालत हुने उनले चेतावनी दिए। 

    जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादवले अरुलाई नैतिकताको पाठ सिकाउने सिद्धान्तनिष्ठ र स्वच्छ छवि भएको भनिएका मुख्यमन्त्री पोखरेल अनैतिक रूपमा सत्तामा बसेर आफ्नो छवि धमिल्याएको आरोप लगाए। नेता यादवले हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचन परिणाम र अहिले प्रदेश सभामा दलिय रूपमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूको अंकगणितले सरकार प्रष्ट रुपमा अल्पमतमा रहेको भन्ने कुराको पुष्टि गरेको दाबी गरे। उनले भने—‘स्वेच्छाचारी र असंबैधानिक ढंगले चलेको केन्द्र सरकार ढलिसक्यो, अव पालो लुम्बिनी प्रदेश सरकारको हो, नैतिकता भए राजीनामा दिएर हिड्नुस, नभए हामीले केपि ओली जस्तै गरेर लुरुलुरु जानु पर्ला।’ 

    राष्ट्रिय जनमोर्चाकी प्रदेश सभा सदस्य तारा जिसीले पनि प्रदेश सरकारले ल्याएको वजेट एमाले कार्यकर्ताको सिफारिसको आधारमा ल्याइएको बताउदै वजेट समानुपातिक र समावेशीताको सिद्धान्त विपरीत, असन्तुलित, विभेदकारी र पक्षपाती भएको आरोप लगाएकी छन्।

    प्रदेश सभाको आगामी बैठक बिहिबारका लागि बोलाइएको र बैठकमा मुख्यमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको सभामुख पुर्णबहादुर घर्तीले बताएका छन्। सोही दिन बैठकमा बजेट निर्णयार्थ पेश गरिने पनि सभामुख घर्तीले जनाएका छन्। उता बिपक्षी गठबन्धनले भने बजेट कुनै हालतमा पारित हुन नदिने चेतावनी दिँदै आएको छ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij