२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

प्युठानमा टिपर दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

मंगलवार , श्रावण ६, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • प्युठान । प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको खप्रेङखोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर दुर्घटनामा परेको हो।
     
    दुर्घटनामा सो टिपरका चालक र सहचालक दुईजनाकै घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिए।उनका अनुसार प्युठान भालुबाङ सडकखण्ड अन्तर्गत शनिबार बिहान सरुमारानी गाउपालिका वडा नम्बर ६ मोतिपुरस्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदिमा टिपर खसेको हो।
     
    मुत्यु हुनेमा टिपर चालक नौबहिनी ६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सहचालक अन्दाजी बर्ष २७ का जोग बहादुर पुन रहेको मृत्यु घटनास्थल पुगेका प्रहरी सहायक निरिक्षक थङ लामाले बताए। घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ। घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।