२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

रुपन्देहीमा २० गतेसम्म लकडाउन 

आइतवार , भाद्र १४, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा । 
    रुपन्देही जिल्लामा लकडाउन अबधि थप गरिएको छ । रुपन्देहीमा आईतबार राति १२ सम्मका लागि गरिएको लकडाउनलाई भदौ २० गते सम्मका लागि थप गरिएको छ । 

    जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिमसिसि) को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । 

    प्रमुख जिल्ला अधिकारी पन्थको अध्यक्षता सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरेको हो ।

    प्रशासनले बैंक तथा वित्तीय संस्थाले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने, अति आवश्यक काममा नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुने, अति आवश्यक बाहेकका सवारी साधन संचालन गर्न नपाइने, खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दूध तथा डेरीजन्य पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका साढे ४ बजेदेखि साढे ६ बजेसम्म संचालन गर्न सकिने जनाएको छ ।

    त्यस्तै प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कनमा निषेध गरेको छ ।