मंगलवार , आषाढ १५, २०७८
असार १५,अर्घाखाँची ।
अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा केही खुकुलो गरि लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस अघि १५ गते सम्म जारी गरिएको निषेधाज्ञामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो ४ बजेसम्म खुल्दै आएकोमा अब देखि बिहान ५ बजे देखि साँझ ६ बजे सम्म नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पुरा गरि खोल्न पाईने प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लले जानकारी दिए ।
यस्तै जिल्लाभित्र सार्वजनिक तथा निजी सवारी साधन जोर बिजोर अनुसार सञ्चालनमा आउने भएका छन भने होटल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेक अवे सेवा सञ्चालन गर्न सक्नेछन्। सबै कार्यालयहरुले सेवा नियमित रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि गर्न पाईने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।धार्मिक स्थल, सभा सम्मेलन, पार्टी प्यालेस ,विद्यालय क्याम्पस लगायतका क्षेत्र बन्द रहने छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij