२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

सडक दुर्घटना न्यूनीकरणका लागि ठोस कदम चाल्न माग

मंगलवार , श्रावण ६, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २ साउन ।
    सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गइरहेकोले यसको न्यूनीकरणका लागि ठोस कदम चाल्न तिलोत्तमा स्वतन्त्र युवा समूहले माग गरेको छ । सिद्धार्थ राजमार्ग सडकखण्ड र रुपन्देहीमा सडक दुर्घटनाको समस्या बढ्दो क्रममा रहेको तथा दुर्घटनाले धनजनको क्षति भएकोले यसको समाधानको लागि ठोस कदम चाल्न समुहले माग गरेको हो ।

    समूहले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै बेलैमा समस्याको समाधान खोज्नुपर्ने माग गरेको हो ।

    सडक दुर्घटनाको मुख्य कारण ओभरस्पीड,  मादकपदार्थ सेवन, ओभरलोड लगायतका कारण भएकोले यसलाई मध्यनजर गर्दै सम्बन्धित निकायले ठोस कदम चाल्न आवश्यक रहेको समूहका अध्यक्ष केशव पंगेनीले बताए । समूहले प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, प्रहरी प्रमुख हेम कुमार थापा र ट्राफिक प्रहरी प्रमुख महेश बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न ९ बुंदे माग राखेको छ ।

    समूहले ट्राफिक प्रहरीको निगरानी बढाउनुपर्ने, मुख्य चोकहरुमा निगरानीको लागि सीसीटिभी र गति सेन्सर मेशिन जडानको लागि पहल गर्नुपर्ने, जेब्राक्रसको विकल्पमा आकाशेपुलको निर्माणको गर्नुपर्ने, चोकचोकमा गति नियन्त्रणको लागि बेरिकेटेड (हीलटंयाक)को प्रबन्ध गर्नुपर्ने र जेब्राक्रसमा ट्राफिक सिग्नल लाइट जडानको लागि पहल गर्नुपर्ने माग गरेको छ ।

    त्यस्तै जिल्लाको मुख्य बजारहरुमा पार्किङलाई व्यवस्थित बनाउनुपर्ने, भैरहवा–बुटवल सडकखण्ड निर्माणको क्रममा गुणस्तरहीन सामाग्रीको कारण सडक भासिएकोले सो को निरीक्षण र निगरानी गर्नुपर्ने, सार्वजनिक सवारीसाधनले उठाएको समस्याहरुको समाधानको लागि सम्बन्धित निकायसंग समन्वय गर्नुपर्ने र सडक दुर्घटना तथा यस सम्बन्धि कुरा नागरिकमा पु¥याउन जनचेतनामूलक कार्यक्रमको थालनी गर्नुपर्ने माग राखिएको समुहका सदस्य विवेक डुम्रेले बताए ।