२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

जेसिआई रामनगरद्वारा रक्तदान कार्यक्रम सञ्चालन

आइतवार , आषाढ १३, २०७८

१३ असार
पश्चिम नवलपरासीको जेसिआई रामनगर वर्ष २०२१ ले आइतबार सुनवल नगरपालिका वडा नम्बर १२ भुमहिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रामनगर जेसिजको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासिको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । उक्त रक्तदान कार्यक्रमबाट २३ पोइन्ट रगत संकलन भएको जेसिआई रामनगर वर्ष २०२१ का महासचिव जेसि भविश्वर चापागाईंले जानकारी गराए ।
 
जेसिआई रामनगर बर्ष २०२० का अध्यक्ष जेसि देविकला कंडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुनवल नगरपालिका वडा न १२ का वडाध्यक्ष तथा जेसिआई रामनगरका मानार्थ सदस्य यमलाल पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पाण्डेले रक्तदान कार्यक्रमको सफलताको शुभकामना दिंदै जेसिआई रामनगरले आयोजना गर्ने सामाजिक कार्यहरूमा नगरपालिका र वडाको तर्फबाट सहयोग रहने बताए ।
 
जेसिआई रामनगर जेसिज वर्ष २०२१ का उपाध्यक्ष जेसि कला भट्टराई डुम्रेको संयोजकत्व र महासचिव जेसि भविश्वर चापागाईंले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथि नेपाल जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी भोजराज चापागाई, जेसीआई रामनगरका संस्थापक अध्यक्ष जेसी डोलराज भण्डारी, जेसिआई रामनगर वर्ष २०१७ का अध्यक्ष एवं नेपाल जेसीज २०२१ का बोर्ड सल्लाहकार जेसी ढुण्डीराज भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
 
साथै जेसिआई रामनगर वर्ष २०२१ का अध्यक्ष जेसि देविकला कंडेलले कार्यक्रममा सहयोग गर्ने रक्तदाता, प्राविधिक सहयोग गर्ने रेडक्रस सोसाइटी जिल्ला शाखालाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि आफुहरुले सामाजिक कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गर्ने बताइन् ।