शुक्रवार , भाद्र १२, २०७७
भैरहवा, १२ भदौ ।
करेन्ट लागेर रुपन्देहीमा शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–९ बनरहाका ४० वर्षिय भिम बहादुर नेपाली रहेका छन् ।
आफ्नै घरदेखि करिब १ सय मिटर टाढा खेतको तरकारीमा पानी लगाउनको लागि मोटर चलाउने क्रममा चार छोइदा उनलाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
करेन्ट लागेका नेपालीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको भनी अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij