२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

६० करोडको लगानीमा गण्डक नहरको वृहत् मर्मतसम्भार हुँदै, 

मंगलवार , आषाढ ८, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • नवलपरासी ,८ असार 

    पश्चिम नवलपरासीको विभिन्न स्थानमा रहेको गण्डक नहरहरुको मर्मतसम्भार तथा सरसफाइ कार्य गरिएको छ । 

    जिल्ला भित्रका विभिन्न खेतीयोग्य जमिनमा नियमित सिँचाइ गर्नका लागि गण्डक नहरको मर्मतसम्भार कार्य सुरु गरिएको छ ।
     
    बर्सेनि नहरमा भरपुर पानी आउन समस्या भएपछि जिल्ला भित्रका सम्पूर्ण गण्डक नहरहरुको सरसफाइ गरि खेतीयोग्य जमिनमा नहरको पानिबाट सिँचाइ गर्न  सझिलो हुने र किशानहरुलाई मद्दत पुग्ने गरि सहज बनाईएको छ ।
     
    नेपाल सरकारले देशभित्रका सम्पूर्ण गण्डक नहरहरुको वृहत मर्मत सम्भार तथा सरसफाइ गरिरहेको छ । प्रत्येक ५० बर्षभित्र नहरको पुर्न संरचना गर्ने कार्य अन्तर्गत सरकारले ६० करोड रुपैयाँको बजेट लगानीमा नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनमा पानी पुर्‍याउने उदेश्यले गण्डक नहरको वृहत सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको हो । 

    लामो समयदेखि गण्डक नहरको मर्मत सम्भार तथा सरसफाइ  नभएको र नहरका साईफन, गेट, कुलो जस्तो विभिन्न संरचनाहरु जिर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतीयोग्य जमिनहरुको सिँचाइबाट किसानहरू बञ्चित भएका पनि थिए । तर यस वर्षदेखि गण्डक नहरमा पानि भरपुर मात्रामा आएपछि किसानहरु खुसि भएका छन् ।

    नेपाल भारत गण्डक सम्झौता अनुसार भारत सरकारले जिल्लाको साविक २२ गाउँ विकास समितिका खेती क्षेत्रलाई सिँचाई हुने गरि वि.सं २०३६ सालमा नहर सिँचाई प्रणाली बनाई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । वि.सं २०२४ सालबाट गण्डक नहरको संरचना निर्माण कार्य शुरु भएर वि.संंंं २०३५ सालमा सम्पन्न भएको थियो । नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली जल उपभोक्ता समिति नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले बताएका छन् ।